आर्थिक अभावले उपचारमा समस्या, सहयोगकालागि परिवारको याचना



प्रकाश पन्त
बिरेन्द्रनगर, १४ माघ ।
३ महिनाअघि देखि गम्भिर बिरामी भएर थला पर्नु भएका जाजरकोट थालारैकर गाबिस–१ का देबुसिंह ठकुरीलाई आर्थिक अभावले गर्दा उपचारमा गर्न समस्या भएको छ ।

खुट्टामा अकस्मात समस्या देखिएपछि गएको कार्तिक १४ गतेदेखि उहाँको काठमाडौको नर्भिक अस्पताल उपचार भैइरहेको छ । सिंहका दुबै खुट्टा अहिले पाकेर संक्रमण भएका छन ।

तीन महिनादेखि निरन्तर उपचार गरेपनि आर्थिक समस्याका कारण थप उपचार हुन नसक्दा झन समस्या भएको छ ।
उपचारका लागि सुरुमा नेपालगंज लगिएको थियो । नेपालगंजमा उपचार नभएपछि चिकित्सकले काठमाडौ रिफर गरेपछि सिंहलाई ऋणको जोहो गरेर नर्भिक अस्पतालमा भर्ना गरिएको आफन्तले जनाएका छन ।

सुरुमा देब्रे खुट्टा सुनिएपछिद डाक्टरले सबै मासु काटेका थिए । अहिले दाँया खुट्टाको मासु पनि अर्को खुट्टामा हाल्दा दुबै खट्टामा गम्भिर समस्या भएको छ । घुडावाट सुरु भएको घाउँ अहिले दुबै खुट्टावाट माथि–माथि सर्दै गएपछि सिंहकोे अवस्था झनै गम्भिर बन्दै गएको छ ।

उपचार गर्दा ३ महिनामा २५ लाख रकम खर्च भएपनि अझै सुधार नभएको श्रीमति प्रतिमा सिहंले बताउनु भयो ।
श्रीमानलाई संन्चो होला भनेर काठमाडौ पुर्याएपनि निको नहुदा आफुहरु थप समस्या परेको पनि उहाँले उल्लेख गर्नुभयो ।
उपचारमा एक दिनमा मात्र करीब १० हजार रुपैया लाग्ने गरेकोले सानो सहयोवाट पनि आफना श्रीमानको जीवन बाच्न सक्ने भन्दै श्रीमती प्रतिमाले सहयोगको लागि देश बिदेशमा रहेका नेपालीसंग याचना गर्नु भएको छ ।

घरमा भएको सबै पैसा अनि बिभिन्न सहकारी संस्थावाट चर्को ब्याजमा लिएको पैसा समेत उपचारमा सकिएपछि सिह परिवारलाई रोजीराटीको समेत समस्या भएको आफन्त राजेन्द्रविक्रम शाहीले बताउनु भयो ।

सहयोग गर्न चाहनेहरुले एभरेष्ट बैङ्कमा रहेको खाता नंम्बर ०३१,००,५०,१२,०६,११० मा सहयोग रकम पठाउँन आग्रह गरीएको छ । यस्तै मोवाईल नंम्बर ९८४८१३३८२७ मा फोन गरेर पनि सहगोग गर्न उहाँका श्रीमती प्रतिमाले याचना गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्