सेरेना पनि दादागिरी देखाउँदै फाइनलमा



 

मेलबर्न, अष्ट्रेलिया। यहाँ भइरहेको अष्ट्रेलियन ओपनको महिलातर्पmको क्वार्टरफाइनलमा अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले आप्mनो खेलको दादागिरी देखाउँदै फाइनलमा प्रवेश गरेकी छिन् ।

बाइस वटा ग्राण्ड स्लाम तथा ४ वटा ओलम्पिक स्वर्ण पदक जितिसकेकी सेरेनालाई आज विहानभएको खेलमा क्रोयशियाकी मिर्जाना सुसिस् ब्यारोनीलाई हराउन १ घण्टा पनि संघर्ष गर्नु परेन । उनले ब्यारोनीलाई मात्र ६–२ र ६–१ अन्तरले हराएर काँच्चै खाइदिइन् ।

विश्वमा ६ पटक नम्बर १ भइसकेकी हाल दोस्रो वरियता प्राप्त सेरेनाले पहिलो पटक ८ जुलाई २००२ माविश्वको नम्बर १ को ताज पहिरिएकी थिइन । अब शनिबार फाइनलमा उनको प्रतिस्पर्धा आप्mनै दिदी भेनस विलियम्ससंग हुने भएको छ । दिदीसंग उनले यो समेत नवौं पटक ग्राण्ड स्लाम फाइनल खेल्ने भएकीहुन् ।

प्रतिक्रिया दिनुहोस्