डिमिट्रोभ क्वार्टरफाइनलमा



मेलबर्न, अष्ट्रेलिया / बुल्गेरियन खेलाडी ग्रिजर डिमिट्रोभ यहाँ भइरहेको अष्ट्रेलियन ओपनको पुरुषतर्पmको क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएका छन् । पन्ध्रौं वरियताप्राप्त डिमिट्रोभले आज सोमबार भएको खेलमा उज्वेकिस्तानका खेलाडी डेनिस इस्टोमिनलाई २–६, ७–६, ६–२ र ६–१ को अन्तरमा पराजित गरेकाहुन् ।

यस प्रतियोगिताको दोस्रो पटक क्वार्टर फाइनलमा पुगेका डिमिट्रोभको प्रतिष्पर्धा अब बेल्जियम खेलाडी डेबिड गोफिनसंग हुनेछ । गोफिनले आज बिहानभएको चौथो चरणको खेलमा आठौं वरियताप्राप्त अष्ट्रियन खेलाडी डोमिनिकथिमलाई पराजित गरी यसअघि नै क्वार्टरफाइनलका लागि आप्mनो स्थान सुरिक्षित गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्