नयाँ प्रतिबद्धता



ईश्वरराज ढकाल

डोलिन्द्रप्रसाद शर्मा
अध्यक्ष एवम् महाप्रबन्धक, साझा प्रकाशन

साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा आफूलाई कुशल प्रशासक भन्न रुचाउनुहुन्छ। करिब ४० करोड घाटामा रहेको संस्थालाई माथि उचाल्न सबै साहित्कारलगायत स्रष्टाको होस्टेमा हैंसै आवश्यक रहेको बताउनुभयो। संस्थालाई माथि उठाउन भन्दै उहाँ सधैं पूर्वमन्त्री एवं एमालेका नेता प्रदीप नेपाल, पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, चर्चित गीतकार एवं साहित्यकार कृष्णहरि बराल दिनहुँजसो साथमा लिएर हिँड्ने गर्नुभएको छ। यस अघिका सञ्चालयक समितिको पदाधिकारीले गर्दा संस्थालाई करोडौं घाटा लागेको आरोप लगाउँदै हिँड्नुभएका उहाँले आफ्नो कार्यकालमा संस्थालाई प्रगतिउन्मख बनाउँदै लैजाने दाबी गर्नुभएको छ।

पछिल्लो समय केही साहित्यिक प्रकाशन गरेर संस्थालाई जेनतेन अघि बढाइरहेको दाबी गरेका अध्यक्ष एवं महाप्रबन्धक शर्माले संस्थाको हितविपरीत काम गर्ने कर्मचारीलाई कारबाही गरेरै छाड्ने बताउँदै आउनुभएको छ। कार्यालयभित्र अनपढ तर राजनीतिमा पोख्त भएका कर्मचारीको कारण संस्था माथि आउन नसकेको बताउँदै आउनुभएका उहाँले आफ्नो कार्यकालमा संस्थालाई नमुनाको कार्यालय बनाउँदै दाबी गर्दै हिँड्नुभएको छ। यसै सन्दर्भमा उहाँले दुई वर्षका लागि जारी गर्नुभएको २६ बुँदे कार्ययोजनामा अधिकांश विषय उठान गरिएको छ।

आर्थिक अवस्थाले जर्जर भई माकुराले जालो लगाएको अवस्थामा रहेको साझmा प्रकाशनलाई सपार्छु भनी म प्रवेश गरेको थिएँ। प्रवेश गर्दा छापाखानालगायत कार्यालयहरू बन्द थिए। बन्द भएका काम र कार्यालयहरू सञ्चालन गर्नु मेरो पहिलो चुनौती थियो। त्यस चुनौतीलाई आफू समाधान गर्न लागिपरेको बताउनुभएको छ। लेखकहरूको लेखकस्व, कर्मचारीको पारिश्रमिकलगायत सेवानिवृत्त तथा अवकाश पाउनुभएका कर्मचारीलाई दिनुपर्ने उपदान, विभिन्न व्यक्ति, निकाय र संस्थालाई तिर्नुपर्ने ४० करोडभन्दा बढी ऋण दायित्व दिनानुदिन बढ्दै गएको र सहकारी बैंकको कर्जा चुक्ता गर्न नसक्दा साझाको सम्पत्ति लिलामीको अन्तिम चरणमा पुगेको थियो। नेपाली भाषा साहित्यलाई अन्तराष्ट्रिय स्तरसम्म पहुँच पुर्याउन दक्षिण कोरियामा साझmा प्रकाशनबाट प्रकाशित पुस्तकको प्रशर्दनी गरिएको थियो।

विगत ८ वर्षदेखि हुन नसकेको साधारणसभा २३औं साधारणसभा सम्पन्न गरिएको, संस्थाको आम्दानी तथा खर्चलाई सन्तुलन ल्याउन स्वैच्छिक अवकास योजना ल्याई कर्मचारी संरचना घटाएको, साझmा प्रकाशनका आफ्नै पुस्तकको स्टक सकिएर बजारमा अभाव भएको अवस्थामा उक्त पुस्तक पुनःमुद्र्रण गरी बजारमा पठाएको र नयाँ पुस्तक प्रकाशन थालिएको, सबैको नेपाली, लिंक इंग्लिसलगायत पुस्तक मुद्रण गरी बजारमा उपलब्ध गराएकोलगायतका काम गर्न सफल भएको दाबी गर्नुभएको छ।
प्रतिबद्धता

साझmा प्रकाशनको स्थापना सरकारी स्तरबाट भएको हो। यो संस्थाले नेपाली भाषा प्रकाशिनी समितिको सम्पत्ति एवम् अधिकार प्रयोग गर्दै आएकाले यो संस्था नेपाल सरकारको स्वामित्वमा रहेको कुरा भनिरहनुपर्दैन। यसअघि संस्थाले नेपाल सरकारसँग लिएको ऋण रकमलाई सेयरमा परिणत गरिदिने व्यवस्था गर्न नीतिगत निर्णयका लागि पहल गर्नेछु।

समावेशीको अवधारणालाई प्राथमिकता दिँदै विभिन्न भाषाभाषीका पुस्तक प्रकाशनका लागि नियमित बजेटअन्तर्गत कम्तीमा १० करोड उपलब्ध गराउने नीतिगत व्यवस्थाका लागि पहल गर्नेछु।

संस्थाको छापाखानालाई आधुनिकीकरण गर्दै भोटदेखि नोटसम्म छाप्न सक्ने सुरक्षित मुद्रणालयका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका लागि पहल गरिनेछ।

शिक्षा मन्त्रालयका तर्फबाट साझmा प्रकाशनको कार्यव्यवस्था नियमावली निर्माणका लागि भइरहेको पहललाई चाँडो निष्कर्षमा पुर्याउन प्रयास गरिनेछ।
‘नेपाली भाषा प्रकाशन संस्थान ऐन २०२१’ लाई समसामयिक सुधार गरी ‘साझmा प्रकाशन संस्थान ऐन २०७३’ जारी गर्न नीतिगत व्यवस्थाका लागि नेपाल सरकारसँग आवश्यक पहल गरिनेछ।

साझmा प्रकाशनको महाप्रबन्धकलाई जनक शिक्षा सामग्री केन्द्रको पदेन सञ्चालक रहने व्यवस्थाका लागि पहल गरिनेछ।

पाठ्यपुस्तक वितरणका लागि जनक शिक्षासँग अद्यावधिक व्यावसायिक सम्बन्ध स्थापित गर्दै सरकारको नीतिगत सहयोग मूर्त सर्तनामासहित स्थायी कार्यविधि तय गर्ने।

नेपाल सरकारका सबै कार्यालयका मुद्रणका काम लिन पहल गर्ने तथा शिक्षा मन्त्रालय मातहतका विशेष गरी पाठइ्क्रम विकास केन्द्रबाट थप कामहरू लिई छपाइ र वितरण गर्ने। उच्च शिक्षाका अन्य प्रकाशनहरूको पनि वितरण गर्ने, कक्षा ११–१२ को ‘सबैको नेपाली’ जस्ता अन्य पुस्तक उत्पादन तथा बिक्रीवितरणको जिम्मेवारी लिने।

शिक्षा मन्त्रालयको समन्वयमा साझmा प्रकाशन र जनक शिक्षाबीचको हिसाबकिताब फरफारक गर्न साझामा रहेका जनक शिक्षा सामग्री केन्द्र लि.का गृहिणी शिक्षा, अनुवाद पुस्तकलगायत पुरानो स्टक किताब फिर्ता गरी हरहिसाब मिलान गर्ने।

आगामी फागुन महिनाभित्र २०६४⁄०६५ देखि २०७२⁄०७३ सम्मको लेखा परीक्षण गरिनेछ। लेखा प्रणालीलाई समयानुकूल सुधार गर्न नयाँ सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइनेछ। सबै बिक्रीकक्षमा कम्प्युटर प्रणालीबाट बिलिङको व्यवस्था मिलाइनेछ।

साझmा प्रकाशनका अधिकांश अंशियार साहित्यिक स्रष्टा छन्। संस्थाको उन्नयनमा अंशियारको महत्वपूर्ण भूमिका हुन्छ। अंशियारलाई एकत्रित गर्नका लागि अंशियारहरूको सम्पूर्ण विवरण खुल्ने डायरी यथाशीघ्र प्रकाशन गरिनेछ। संस्थाका सम्पूर्ण अंशियारहरूलाई सेयर थप गरिएको अंशियार प्रमाणपत्र प्रदान गरिनेछ। साथै प्रत्येक अंशियारको कम्तीमा ७ हजार ५ सय बराबरको सेयर गर्नुपर्ने व्यवस्था गरिनेछ।

संस्थाका साहित्यिक पुस्तकहरूको व्यापार र भाषासाहित्यको प्रवद्र्धन गर्ने उद्देश्यका लागि भारतमा नेपालीहरूको बाहुल्य रहेका स्थानहरूमध्ये सिलिगुडीमा शाखा स्थापना गरी सञ्चालनमा ल्याइनेछ। साथै पुस्तक प्रवद्र्धनका लागि ४ महिनाभित्र देशका प्रमुख शहर तथा विदेशमा पनि पुस्तक प्रदर्शनी आयोजना गरी पठनसंस्कृतिको अभिवृद्धि गरिनेछ।

२०३५ सालमा युनेस्कोबाट साझmा प्रकाशनलाई नेपालका लागि एक मात्र राष्ट्रिय वितरकका रूपमा मान्यता दिइएको थियो। सोही मान्यतालाई कायम गराउन पुस्तक वितरकका रूपमा आफ्नो कामलाई थप व्यवस्थित बनाई कार्य गरिनेछ। साथै स्वदेशी र विदेशी प्रकान गृहसँगको सहकार्यमा पुस्तकको बिक्रीवितरण कार्यलाई व्यवस्थित गरिनेछ।

विभिन्न समयमा संस्थाको हिसाबकिताब पारदर्शी नभई आर्थिक असन्तुलनका कारण संस्थाले संकट बेहोर्नुपरेको भन्ने गुनासा आइरहेको सन्दर्भमा आर्थिक वर्ष २०६४⁄०६५ देखि २०७१⁄०७२ सम्मको संस्थाको सम्पूर्ण आर्थिक गतिविधिको निष्पक्ष छानविन गरी यथार्थ वस्तुस्थिति यसै वर्षभित्र सार्वजनिक गरी सम्बन्धित निकायमा पेस गरिनेछ।

साझmा प्रकाशनका कृतिको अनधिकृत रूपमा बाहिरी प्रकाशनगृहले प्रकाशन गर्न थालेकाले तिनलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याइनेछ। आफ्ना कृतिहरू समयमै पुनः मुद्रण गरी बजार मागअनुसार पूर्ति गरिनेछ। नयाँ तथा उत्कृष्ट कृतिलाई प्रकाशन गरिनेछ।

पुस्तकमा सबैको पहुँच विस्तार गरी पुस्तकालय प्रवद्र्धनका लागि गत वर्ष सांसदहरूलाई पत्राचार गरिएको थियो। साझmा प्रकाशनको यस अभियानमा गत वर्ष धनीराम पौडेलले सांसद विकास कोषको बजेटबाट साझmा प्रकाशनबाट २ लाखको पुस्तक खरिद गरी चितवन जिल्लाका विद्यालयमा वितरण गर्नुभएको छ। सांसद निशा साहले सोही कोषअन्तर्गत २ लाख ७५ हजारका पुस्तक खरिद गर्नुभएको छ। यो अभियान विस्तार गर्दै संसद्मा रहेका सबै माननीयलाई पुस्तक खरिदका लागि पुनः आग्रह गरिनेछ।

साझाका गोदाममा थन्क्याइएका २२ करोडबराबरका पुस्तकलाई चालू पुँजीमा परिणत गरिनेछ। कर्मचारीलाई पेसाप्रति उत्तरदायी र उत्प्रेरणा जगाउन तालिमको व्यवस्था गरिनेछ। कर्मचारीको रुचि, क्षमता, योग्यताअनुसारको जिम्मेवारी दिई कार्यसम्पादनलाई गुणात्मक र परिणाममुखी बनाइनेछ। प्रचलित ऐनकानुनको परिधिभित्र रही संस्थाको सांगठनिक संरचना तथा कर्मचारीको सेवा सर्त नियमावलीलाई समयानुकूल बनाइनेछ। संस्थाको आर्थिक अवस्था, कार्यबोधका आधारमा योग्य र दक्ष जनशक्ति करार सेवाबाट पनि व्यवस्था गरिनेछ।
संस्थाको वेबसाइटलाई अद्यावधिक गरी साझmा प्रकाशनका पुस्तकहरूलाई ई–बुकमार्फत् बिक्री गर्ने व्यवस्था मिलाइनेछ।
कर्मचारीको उपदान, स्वैच्छिक अवकाशलगायत विभिन्न समयमा संस्थाबाट अवकाश प्राप्त १ सय कर्मचारीलाई भुक्तानी गर्नुपर्ने २८ करोड रुपियाँ १ वर्षभित्र भुक्तानी गरिसकिनेछ।

गरिमा मासिक पत्रिकाको स्तरोन्नति र व्यावसायिक अभिवृद्धि गर्न योजनासहितको कार्यकारी सम्पादक नियुक्त गरिनेछ। यस पत्रिकालाई दिगो बनाउन १ करोडको अक्षयकोष खडा गरिनेछ।

साझा प्रकाशनका मुहान भनेका लेखक हुन्। तिनलाई सम्मान गर्नु हाम्रो दायित्व हो। संस्थाले लेखकहरूलाई भुक्तानी गर्न बाँकी १ करोड ५० लाख लेखकस्व ०७३⁄०७४ मा भुक्तान गरिनेछ।

साझा प्रकाशनले घोषणा गरी वितरण गर्न नसकेर रोकिएका पुरस्कार वितरण गर्दै फेरि त्यस्ता दिन नदोहोरिऊन् भन्नका लागि २ करोडको अक्षयकोष खडा गरिनेछ। यसै वर्षदेखि शुरू गरिएको साझा सम्मानलाई निरन्तरता दिन १ करोडको अक्षयकोष खडा गरिनेछ।

साझाको परिसरमा मूर्धन्य स्रष्टाहरूको सालिक निर्माण गर्नुका साथै स्वदेशी, विदेशी अतिथि स्रष्टाका लागि आवासगृह बनाइनेछ। सो स्थलमा व्यवस्थित पुस्तकालय, साहित्यिक सिर्जना कक्ष, पाण्डुलिपि कक्षजस्ता विशेष कक्ष बनाई सिर्जनास्थल बनाइनेछ।
१० आरोप

१. राजनीतिकको कारण साझा प्रकाशनमा विकृति बढेको हो।
२. अघिल्लो सञ्चालक समितिले गरेको भ्रष्टाचारको कारण ४० करोड घाटा लागेको हो।
३. कम पढेका कर्मचारीले गर्दा काममा समस्या, काम नगर्दा संस्था आर्थिक संकटमा परेको हो।
४. आठ वर्षदेखि साधारणसभा नगराई सञ्चालक समितिमा बसेका
तत्कालीन सञ्चालक समिति सदस्य साथीहरूले साझा प्रकाशन उत्थानको कुरा गर्नासाथ समितिबाट राजीनामा दिएर असहयोग गरेका हुन्।
५. कर्मचारीकै कारण संस्था अधोगतितिर गएको हो।
६. पुराना सञ्चालक समितिले गर्दा संस्था उठ्नै नसक्ने गरी डुबेको छ।
७. जतासुकै भ्रष्टाचार नै भ्रटाचार थियो, मेहिन किन्दा, कागज खरिद गर्दा पाइलैपाइलामा भ्रष्टाचार थियो।
८. एक दशकदेखि लेखापरीक्षण गर्न नसक्नु नै भष्टाचार देखिनु हो। सबै सञ्चालक मिल्ने अनि भष्टाचार गर्न सहयोग गर्ने गरेको पाए।
९. भ्रष्टाचाचारीहरूको जरो उखल्नुपर्छ, म छानविनका लागि सबैलाई आग्रह गर्छु भ्रष्टाचारको पाइल खोल्नैपर्छ।
१०. संस्थाले असंख्य सफतला हासिल गर्ने थियो। जताततै ध्वस्त भएको छ। संस्था चल्नै नसक्ने गरी थला परेको छ। पुराना कर्मचारी र संस्थाका जिम्मेवार अधिकारीको कारण यस्तो भएको रहेछ।

प्रतिक्रिया दिनुहोस्