पानी घट्टबाटै जिविकोपार्जन



(धनवीर दाहाल)/रुकुम ६ माघ ।
रुकुमका ग्रामिण भेगमा अझै पानी घट्टको प्रयोग बढ्दो मात्रामा रहेको छ । बढ्दो बिद्युतीकरणसँगै आधुनिक घट्ट तथा मिलहरु निमार्ण भएपनि स्थानियहरुले आफ्नो पौराणिक प्रयोगलाई बढावा दिन थालेका छन् ।

सदरमुकाम बाहेकका अधिकांश ठाँउहरुमा पानी घट्टको प्रयोग अधिक रहेको पाइएको छ । बिशेष गरी नदी र साना खोलाहरुको किनारमा पानी घट्ट निमार्ण गरिएको छ ।

रुकुमका केही गाबिसहरुमा भने पानी घट्टबाटै स्थानियहरुले जिविकोपार्जन गर्न थालेका छन् । छिबांग, झुला, बाँफिकोट, मग्मा, पिपल, पोखरा, रुकुमकोट लगाएत गाबिसका बिपन्न परिवारले पानी घट्टबाट आएको भाडाबाटै आम्दानीको स्रोत जुटाउने गरेका छन् । पानी घट्टबाट दैनिक ५ माना देखी २ पाथी सम्म पिठो पाउने गरेको स्थानिय कौमता बिकले बताउनुभयो ।

घट्टमा पिठो पिध्न आएकाहरुले भाडा स्वरुप दिने पिठो परिवारले खाएर बचेको बिक्री गरी बालबच्चालाई पढाई खर्च जुटाउने गरेको कौमताको भनाई छ । दैनिक रुपमा बचेको पिठोलाई एक पाथीको ५०० रुपियाँ पर्ने भएकोले आम्दानीको स्रोत राम्रो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्