लागुऔषध सहित एक किशोर पक्राउ



पर्सा, ५ माघ ।
लागुऔषध सहित एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–८ बस्ने १७ वर्षीय जिबन ज्याबा हुन् ।

उनको साथबार्ट प्रहरीले नाईट्रोभेट ५ सय १० एम्पुल बरामद गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा बोकेको झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित त्यी किशोरलाई लागूऔषध व्यूरो बिरगंजबाट खटिएको प्रहरी टोलीले मंगलबार बिरगंज उपमहानगरपालिका–१९ स्थित रजत जयन्ती चोकमा पक्राउ गरेको हो ।

भने यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्