संस्कृतिकर्मी राजदेव सिंह निधन



(शिवहरीप्रसाद भट्टराई)/ राजविराज, ५ माघ ।
सप्तरीका पुराना संस्कृतिकर्मी राजदेव सिंहको मंगलबार राती ६७ वर्षको उमेरमा निधन भएको छ । सिंह गत पुष ९ गते भएको जिल्ला अधिवेशनबाट नेपाली कांग्रेस समर्थित नेपाल सांस्कृतिक संघ सप्तरीको जिल्ला समितिमा निर्वाचित भएका थिए ।

सिरहाको जानकारी नगर गाविसस्थित खोक्सिमा जन्मिएका सिंहले सप्तरीलाई कार्यक्षेत्र वनाई काम गर्दै आएका थिए । जिल्लामा कला संस्कृतिको विकासकालागि उनको ठूलो योगदान रहेको संघका केन्द्रीय सदस्य शुशिलकुमार सेवाले बताए ।

सिंह २०३९ सालदेवी  जिल्ला खेलकुद विकास समितिमा फुटवल प्रशिक्षकका रुपमा सेवा प्रवेश गरी तीन वर्षअघि मात्र अवकास लिएका थिए । सिरहामा रहेकी वहिनीको घरमा गएको वखत सिंहको त्यहि निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

उनको शवलाई वुधबारै पुख्र्यौली थलो खोक्सि लगेर अन्त्यस्ठि गरिने बताईएको छ । सिंहलाई श्रद्धाञ्जलीका लागि सप्तरीवाट खेलाडि, प्रशिक्षक र सांस्कृतिक क्षेत्रमा सम्वद्ध ब्यक्तित्वहरु वुधवार विहानै खोक्सि पुगेको केन्द्रीय सदस्य सेवाले बताए । सिंहका २ छोरा २ छोरी र धर्मपत्नि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्