शिक्षाबाट बञ्चित विद्यार्थीलाई छात्रावास



हेटौंडा,(नेस)। लामो दुरीका कारण विद्यालय शिक्षँबाट बञ्चित हुनुपर्ने विद्यँर्थीलाई लक्षित गरी सरिखेत गाविसको सूर्योदय माध्यमिक विद्यालयका विद्यार्थी  पढ्न नसक्ने अवस्था थियो ।

शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको ग्लोबल एजुकेशन फाउण्डेशनले सरिखेतको यस समस्या समाधानमा केही सहयोग गरेको छ । फाउण्डेशनले ३ कोठे भूकम्पप्रतिरोधी छात्रावास निर्माण गरिदिएर समस्या समाधानमा केही सहयोग गरेको हो ।

ग्लोबल एजुकेशन फाउण्डेशनले १४ लाख ६० हजार रुपिया“ सहयोग तथा २ लाख ३ हजार रुपियाँ जिल्ला शिक्षा कार्यालय मकवानपुरको सहयोग र स्थानीय श्रमदानबाट निर्मित छात्रावास आइतबार उद्घाटन गरिएको छ ।

छात्रावास निर्माण समितिका संयोजक हरिबोल महतको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा ग्लोबल एजुकेशन फाउण्डेशनका निर्देशक तथा कोरियाली विद्यार्थीहरुको सहभागिता थियो । विद्यालयको कक्षा १० मा अध्ययनरत् छात्र दीपक बलले छात्रावास बनेकोमा खुसी व्यक्त गर्दे भने–डेढ घण्टा हिँडेर आउँदा पढ्न नसक्ने अवस्था हुन्थ्यो, त्यसकारण स्थानीय आफन्तको घरमा बस्दै आएको थिएँ, छात्रावास बनेकाले यहीं बस्ने वातावरण मिलेको छ, धेरै खुसी छु ।

कालिकाटार गाविसदेखि २ घण्टा हिँडेर पढ्न आएकी देवीमाया प्रजाका अनुसार घरबाट खाना खाएर विद्यालय आइपुग्दा सधैं ढिला हुने र पढाइ छुट्ने बाध्यता छात्रावास बनेपछि हल हुने विश्वास छ । सरिखेतको उक्त विद्यालयमा रोटरी क्लब अफ हेटौंडाको समन्वयमा अष्ट्रेलियन रोटरी क्लबले पनि भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माण गरिरहेको छ ।

पाँच वर्षअघि मकवानपुरको हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविबाट शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको फाउण्डेशनले मकवानपुरका ८ विद्यालयमा सहयोग गरिसकेको फाउण्डेशनका भवन निर्माण संयोजक महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्