भकाभक पशुचौपाया मरे, तर पशु चिकित्सक छैनन्



जाजरकोट, ४ माघ । यहाँको दुर्गम गर्खाकोट–४ मा भकाभक गाई, गोरु मर्न थालेपछि किसान मर्कामा परेका छन् ।

टाउको सुन्निने, ¥याल निकाल्ने र घाँस खानछोडेलगत्तै गाईगोरु मर्ने गरेका स्थानीयवासी तथा दीपेन्द्र प्राविका प्रधानाध्यापक वीरबहादुर शाहीले जानकारी दिनुभयो ।

दैनिक गाई, गोरु, बाख्रा, भेडा दर्जनौँको हिसाबले मरेपनि गर्खाकोटमा रहेको पशु सेवा कार्यालयमा कर्मचारी नहुँदा किसान मर्कामा परेका हुन् । विगत दुई महिनादेखि यहाँको पशु सेवा कार्यालयका कर्मचारी नदेखिएको शाहीले बताउनुभयो ।

त्यस्तै, टाउको सुन्निने, पेट फुल्ने समस्याले गर्दा रामीडाँडा गाविसमा पनि समस्या परेको छ । जिल्ला पशुसेवा कार्यालयमा पटकपटक सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन । रासस

प्रतिक्रिया दिनुहोस्