निकुञ्जको गैंडा फेरी मानव बस्तीमा



हेटौंडा,(नेस)। हेटौंडामा फेरि गैंडा आएको छ । आइतबार विहान चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा आएको हो । हेटौंडा–२८, लेवटस्थित राप्ती किनारमा विहान गैंडा देखिएको जिल्ला बन कार्यालय मकवानपुरका सुवेदार यादवीन्द्र पौडेलले बताए । गैंडालाई निकुञ्जमा फर्काउने प्रयास भइरहेको छ ।

उक्त क्षेत्रमा मकवानपुरका जिल्ला बन अधिकृत राजेन्द्र न्यौपाने, निकुञ्जका वार्डेन, पर्सा बन्यजन्तु आरक्षका वार्डेन, सशस्त्र बनरक्षक लगायतको टोली पुगेको छ । करिब २२ महिनाअघि हेटौंडाको मुख्य बजार प्रवेश गरेको गैंडाले दिनभर आतंक मच्चाएको थियो । गैंडाले हेटौंडा–६, रामनगरमा एक महिलालाई आक्रमण गर्दा मृत्युु भएको थियो ।

हेटौंडानजिक हा“डीखोला गाविसको बस्तीमा केही दिनअघि पर्सा बन्यजन्तु आरक्षबाट आएका एक जोडी गैंडा पसेपछि स्थानीयमा आतंक फैलिएको थियो । उक्त स्थान हेटौंडा मुख्य बजारबाट करिब १७ किमी पश्चिममा पर्दछ ।

हेटौंडा उपमहानगरस“ग सीमा जोडिएको उक्त गाविसको लामीटार र मसिने क्षेत्रमा जोडी गैंडा देखिएको स्थानीयले बताए । करिब २२ महिनाअघि हेटौंडामा गैंडा आतंकले एक महिलाको मृत्यु भएको थियो भने ९ जना गम्भीर घाइते भएका थिए । गैंडाको आक्रमणमा परी हेटौंडा–६ की ६१ वर्षीया हरिमाया दाहालको मृत्यु भएको थियो । त्यतिबेला पनि हा“डीखोलाबाट हेटौंडा आएको गैंडाले बजार क्षेत्रमा आतंक मच्चाएको थियो ।

गएको बुधबार विहान स्थानीय पशुपतिनाथ माविमा अध्ययन गर्न जाने विद्यार्थीलाई गैंडाले आक्रमण प्रयास गरेको थियो । कक्षा–१० मा अध्ययनरत् सरस्वती थिङले भनिन्–विहान ७ बजेदेखि विद्यालयमा कोचिङ कक्षा सुरु हुने भएकाले जा“दै गर्दा बौंडाफा“टमा गैंडाले लखेट्यो ।

प्रतिक्रिया दिनुहोस्