३ किलो पाँचऔंले सहित नामबहादुर पक्राउ



जाजरकोट, २ माघ ।
प्रतिबन्धित जडिबुटी पाँचऔंले ३ किलो सहित डोल्पा नर्खु–१ का ६७ वर्षीय नामबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट मैदेको चेक पोष्टमा शनिबार खगेनकोट–६ बगरातर्फ जाँदै गरेको भे.१ ज ५७६ नम्बरको जीपलाई चेकजाँच गर्दा बोहोराले साथमा ल्याएको झोलाबाट उक्त जडिबुटी बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाईएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सो समाचारमा बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्