सुदुरपश्चिम र न्यु होराइजन क्वाटरफाइनलमा



काठमाडौं, (नेस)
सुदुरपश्चिम एकेडेमी र न्यु होराइजन क्रिकेट क्लबले दोस्रो रस्लान कप टी २० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएका छन्।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा न्यु होराइजनले कुलेश्वर क्रिकेट क्लबलाई १ सय १३ रनले हराएको हो। न्यु होराइजनले निर्धारित २० ओभरमा २ विकेटको क्षेतिमा १ सय ९९ रन जोडेको थियो। टोलीका लागि शंकर रानाले १ सय १५ रनको सतकीय इनिङ खेले। म्यान अफ द म्याच शंकरले ७१ बलमा १४ चौका र ४ छक्का प्रहार गरेका थिए। यो जारी प्रतियोगितामा पहिलो सतक समेत थियो। उनले केवल ६५ बलमा आफनो सतक पुरा गरेका थिए।

जवाफमा उत्रेको कुलेश्वरको टिम ८६ रनमै समेटिएको थियो। रमेश क्षेत्रीले २४ रन बनाउनु नै टोलीका लागि एक्लो दोहोरो अंक सावित भएको थियो। न्यु होराइजनका बलरमा विशाल सुनारले तीन विकेट लिएका थिए।

यस्तै अर्को खेलमा सुदुरपश्चिमले अनुभुती एजुकेसन फाउन्डेसनलाई ५ विकेटले पराजित गरेको थियो। अनुभुतिले दिएको १ सय ३ रनको लक्ष्य सुदुरपश्चिमले पाँच विकेटको क्षेतिमा १० बल बाँकी राखि भेटाएको थियो। टोलीको जितमा कप्तान राजवीर सिंहले ३३ रनको योगदान दिए।

प्रतिक्रिया दिनुहोस्