रामेछाप भलिवल मंगलबारबाट



काठमाडौं, (नेस)
दोस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिवल प्रतियोगिता माघ ४ गतेदेखि मन्थलीमा शुरु हुने भएको छ।

आयोजक रामेछाप जिल्ला खेलकुद बिकास समितीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा बिभिन्न क्षेत्रका १६ भन्दा बढि टोलीको सहभागीता रहनेछन्।समितीका अध्यक्ष पुरुशोत्तम कडरीयाले यस पटक पुरस्कार राषीमा समेत बृद्धि गरिएको बताएका थिए।

जसअनुसार प्रतियोगिताको बिजेता टोलीले एक लाख ५० हजार तथा दोस्रो हुने टोलीले ७५ हजार नगद प्राप्त गर्नेछन्। त्यस्तै तेस्रो हुने टोलीले ५० हजार तथा चौथो हुने टोलीले ३० हजार प्राप्त गर्ने छ। पहिलो संस्करणको बिजेता टोलीले ५१ हजार पाँच सय, दोस्रो हुनेले ३१ हजार पाँच सय, तेस्रो हुनेले २१ हजार पाँच सय तथा चौथो हुनेले १० हजार पाँच सय प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्