प्रमुख ५ दलको बैठक जारी



काठमाडौं, २४ पुस ।
प्रमुख पाँच दलका शीर्ष नेताहरुको बैठक संसद भवन बानेश्वरमा बसिरहेको छ। बैठकको नेतृत्व सभामुख ओनसरी घर्तीमगरले गरिरहनु भएको छ ।

बैठक विपक्षीको अवरोध हटाउने र संसद सुचारु गर्न केन्द्रित रहेको जनाइएको छ । विपक्षीबाट लगातार संसद बैठक अवरोध र सरकारले पेश गरेको संशोधन प्रस्तावमाथि सर्वोच्चको फैसला आएपछि संसद वैठक ६ दिनका लागि स्थगित गरिएको थियो । त्यो सँगै आज फेरी बैठक बस्दैछ ।

प्रमुख प्रतिपक्षी एमालेसहितका ९ दलले पुनः संसद अवरोध पार्ने निर्णय गरेपछि सभामुखले शीर्ष बैठक आह्वान गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्