काँग्रेस आफ्नो दायित्वबाट पन्छिदैन: सभापति देउवा



तनहुँ, २१ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँको चुनाव जित्न सकेमात्रै नेपाली काँग्रेसको जित हुन सक्ने बताउनुभएको छ ।

आजदेखि दमौलीमा सुरु गरिएको ‘छैटौँ तनहुँ महोत्सव’को उद्घाटन गर्न आउनुभएका सभापति देउवाको सम्मानमा नेपाली काँग्रेस तनहुँद्वारा आयोजित स्वागत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

राष्ट्रिय सभाका सदस्यहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सभापति देउवाले गाउँको चुनावमा सबैभन्दा बढी जितेको अवस्थामा राष्ट्रिय सभामा प्रतिनिधित्व गराउन सकिन्छ उहाँले भन्नुभयो ।
उहाँले गाउँ गाउँमा सक्रिय रुपमा एकढिक्का भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

प्रजातन्त्र र गणतन्त्रको सुदृढीकरणका लागि काँगे्रस एकताबद्ध भएर लागेको छ उहाँले भन्नुभयो – “नेपाली काँग्रेस पार्टी ठूलो पार्टी भएकाले पनि आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । रासस

प्रतिक्रिया दिनुहोस्