प्राधिकरण प्रमुख ज्ञवाली हटाएकोमा एमालेको आपत्ती



काठमाडौं, २१ पुस ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सिइओ बर्खास्त गर्ने निर्णयप्रति आपत्ति जनाउँदै सरकारले घटीया काम गरेको टिप्पणी गर्नुभयो ।

सरकारले बिहीबार प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई हटाउने निर्णय गरेको हो । वर्तमान सरकारले पाँच महिनाको अवधिमा पुनर्निर्माणमा सिन्को पनि नभाँचेको भन्दै अध्यक्ष ओलीले प्राधिकरणलाई असहयोग गर्न अभियान चलाइएको आरोप लगाउनुभयो ।

पुनर्निर्माणको निर्देशक समितिको बैठकमा समेत गम्भीर ढंगमा छलफल नभएको तथा प्राधिकरणलाई आवश्यक बजेट तथा कर्मचारी नदिएको सरकारले प्राधिकरणले काम नगरेको बहानामा सिइओ हटाउनु अशोभनीय भएको ओलीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्