रसिया पठाउने भन्दै ठगी गर्ने पक्राउ



काभ्रे, (नेस)।

रसिया पठाउँछु भन्दै विभिन्न ब्यक्तिहरुसँग रकम लिएर आईएमईमा जम्मा गराई फरक ब्यक्तिको नागरिकताबाट रकम असुल्दै आएका एक ब्यक्ति पक्राउ परेका छन् भने प्रहरीले रसियामा रहेका उनका दाजुलाई समेत पक्राउका लागि प्रकृया अगाडी बढाएको छ ।

तनहुँ जिल्ला घर भई विभिन्न स्थानमा बस्दै आएका २१ बर्षिय बसन्तबहादुर थापा क्षेत्रीले पछिल्लो पटक मंगलबार बनेपामा रहेको आईएमईबाट रकम निकाल्दा निकाल्दै पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक अनिल घिमीरेको टोलीले बसन्तबहादुर थापा क्षेत्रीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका क्रममा उनले भन्दै आएको रसिया बस्ने जनक केसी बसन्तबहादुरका दाई लक्ष्मणबहादुर थापा हुन् । नक्कली नामबाट परिचय दिदै इटहरी लगायतका क्षेत्रमा लक्ष्मण र बसन्तले ठगी गर्दै आएका थिए । बसन्तले आईएमईबाट ३७७ पटक रकम निकालेको देखिएको छ ।

इटहरीमा रहँदा लक्ष्मणबहादुर थापा जनक केसीका नामबाट परिचित थिए । लक्ष्मण र इटहरीकै अरुणा कार्की श्रेष्ठको चिनजानले कन्सल्टेन्सि शुरु भएको थियो । सोहि कन्सल्टेन्सिमा काम गर्दा गर्दै अरुणाले आफ्नै कन्सल्टेन्सि खोलिन् । जनक उर्फ लक्ष्मणबहादुर थापा रसिया गए । प्रारम्भिक अनुसन्धानमा लक्ष्मण अझै रसियामै छन् । अरुणा र लक्ष्मण बीच पहिला पनि सँगै बसेर काम गरेकाले समझदारीमै रसियाबाट नेपालमा लक्ष्मणले भिसा पठाउने र अरुणाले रकम लिएर मान्छे पठाउने निर्णय भयो । केहि मान्छेहरुलाई अरुणाले रसियामा पठाईन् पनि ।

तर उनले भनेको भन्दा फरक काम भएपछि अरुणालाई रसिया जाने मान्छेहरुले गुनासो गर्न थाले । अझै केहि त फर्केर पनि आए । तर अरुणालाई लक्ष्मणले भिसा पठाउने प्रलोभन दिदै गयो । यता रसिया जान चाहने ब्यक्तिहरुसँग अरुणाले रकम उठाउँदै गईन् । अरुणाले जनकको नेपालमा रहेको ब्यक्ति पनौती १२ खोपासीका अनिल दुवालको खातामा रकम जम्मा गरिदिन भन्दै गए ।

अरुणाले तिनै अनिल दुवालको नाममा रकम जम्मा गरिदिदै गईन । अन्तिम पटक मंगलबार ३ लाख रकम जम्मा गरिदिएपछि नक्कली अनिल र रकम पठाउन लगाउने जनक दुबै नक्कली भएको खुल्यो । इटहरी घर बताउने जनक उर्फ लक्ष्मणले किन काभ्रेका अनिल मार्फत रकम बुझे ? अरुणा अनिल खोज्दै काभ्रे आईन् । बास्तविक अनिल भेटिएपछि उनी अझै छाँगाबाट खसेझै भईन् । पुनः रसियामा हुने जनकलाई फोन गरेर नयाँ मान्छे रसिया जाने भयो पैसा कता आईएमई गरौ भन्दा जनकले अनिल दुवालको नाम दिए । त्यहि नागरिकता लिएर रकम लिन जाँदा आईएमईले सक्कली अनिललाई रकम दिन मानेन ।

नक्कली अनिलले आईमएई पासवर्ड नम्वर लिएर रकम निकाले । त्यहि बेला प्रहरीको टोलीले बसन्तबहादुर थापा क्षेत्रीलाई पक्राउ ग¥यो । बसन्तबहादुर पक्राउ परेपछि मात्रै उनका आफ्नै दाजु जनक केसीको नामबाट रसियाबाट ठगी गरिरहेका छन् भने बसन्तबहादुर नेपालमा रहेका विभिन्न जिल्लाका ब्यक्तिहरुको नागरिकताको कपि लिएर फरक फरक स्थानबाट फरक फरक सिम प्रयोग गर्दै आईमईबाट रकम निकालेर अन्यत्र लगेर जम्मा गरिरहेका छन् ।

प्रहरीले बसन्तबहादुर खत्रीका अन्य कर्तुतका बारेमा छानविन शुरु गरेको छ । अनिलको नागरिकता कहाँबाट बसन्तले फेला पारे ? वा बरामद गरिएको अन्य फोटोकपीहरु कहाँबाट संकलन गर्छन ? अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक अनिल घिमीरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्