यसरी चलाउनुहोस् फोर्जी



नेपाल टेलिकमले आज (आइतबार)देखि शुरु गरेको फोरजी सुविधा ल्याएको छ । टेलिकमले ल्याएको यो सेवा तत्काललाई पोष्टपेडका ग्राहकहरुले मात्रै पाउने भएका छन्। काठमाडौं र पोखरामा यस सेवालाई टेलिकमले लागु गरेको हो । पोष्टपेडका ग्राहकहरुले यो सेवा शुरु गर्न *४४४# डायल गर्नुपर्ने छ।

टेलिकमका अनुसार प्रिपेड ग्राहकहरुले भने यो सेवा तत्काललाई पाउने छैनन्। फोरजी सेवा लिएबापत ३ हप्ताका लागि १ एमबीको ४ पैसा लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्