गैरन्यायिक तवरबाट सडक विस्तार गरेको भन्दै आन्दोलनमा



काठमाडौं,(नेस)।
सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको समेत अवज्ञा गरेर सरकारले गैरन्यायिक तवरमा सडक विस्तार अघि बढाएको भन्दै त्यसको विरोधमा संघर्षमा उत्रिने घोषणा गरेको छ ।

काठमाडौं उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समितिले राजधानीमा पत्रकार सम्मेलन गरी कानूनी प्रक्रियामा टेकर सडक विस्तार गर्नुपर्ने माग राख्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको हो । त्यस क्रममा पुस शुक्रबारदेखि आउँदो मंगलबारसम्म विभिन्न स्थानमा कोण सभा, विरोध सभा र पुस २० गते बुधबार उपत्यका बन्दको आहवान गरेको छ ।

त्यसैगरी उनीहले घरजग्गाको उचित मुआब्जा दिनुपर्ने, विस्थापितहरुलाई पुनःस्थापना गर्नुपर्ने, ऐतिहासिक धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने जग्गा प्राप्ति तथा पुनःवास नीति लागू २०७१ लागू गर्नुपर्ने माग राखेका थिए । सर्वोच्च अदालतको आदेशको अवज्ञा गरी अदालतको अवहेलना गरेको र व्यक्तिको सम्पतिको हक हनन गर्ने कार्य नरोकिए संघर्षमा उत्रिने पनि पीडितहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्