राजमार्गमै पुगे संरक्षित जनावर



हेटौंडा,(नेस) । राजमार्गलाई २५ मिटर फराकिलो बनाउने अभियानस्वरुप हेटौंडामा सडक फराकिलो पार्न डोजर चलाइएको छ । बुधबार विहान हेटौंडाको सडक विभाग तथा जिल्ला प्रहरी क्षेत्र परिसरबाट सडक फराकिलो पार्ने काम सुरु भएको हो ।

यसरी डोजर चल्न थालेपछि बनविज्ञान क्याम्पसपसिरमा रहेको जंगलमा वर्षौंअघिदेखि संरक्षित बन्यजन्तु बिहीबारदेखि जोखिममा पर्न थालेका छन् । ती बन्यजन्तु क्याम्पस नजिक आउन थालेका छन् ।

क्याम्पसले ओगटेको १ सय ५८ बिगाहा जग्गामध्ये करिब ८० प्रतिशत क्षेत्र रहेको बनमा परापूर्वकालदेखि संरक्षित बन्यजन्तु बस्दै आएका छन् । ती जनावरले प्रकृतिलाई रमणीयमात्र बनाएका छैनन्, आगन्तुकको मन जित्दै आएका छन् ।

बन्यजन्तुलाई राजमार्गमा जानबाट रोकी संरक्षित गर्न लगाइएको पर्खालमा बिहीवार डोजर चलाइयो । संरक्षित बन्यजन्तुको उचित व्यबस्थानबिना पर्खाल ढलाइएपछि बन्यजन्तु खुला क्षेत्रमा विचरण गर्न वाध्य देखिए ।

‘हामीले कतिपटक भन्यौं, तर कसैले सुनेनन्,’ बनविज्ञान क्याम्पस प्रमुख इमामुद्धिन अन्सारीले भने– यस्तो संवेदनशील क्षेत्रको बेवास्ता गरी पर्खाल भत्काइयो । ती बन्यजन्तु तस्करको आ“खामा पर्नसक्ने अवस्था देखिएको छ ।

२०२० सालदेखिका संरचना राष्ट्रिय सम्पत्ति रहेको भन्दै उनले १८ वटा निकायमा गुनासोले भरिएको र सहयोग गर्न आग्रह गर्दै पत्र पठाइए पनि संरक्षित बन्यजन्तु सडकमा पुगेको भन्दै दुः ख व्यक्त गरे । त्यहा“ करिब १ सय चित्तल, खरायो र बनकुखुरालगायत बन्यजन्तु रहेको अन्सारीले जानकारी दिए ।

डिभिजन सडक कार्यालय हेटौंडाले मंसिर २८ गते हेटौंडा उपमहानगरपालिकामा रहेका २५ मिटर क्षेत्रमा पर्ने सरकारी कार्यालयलाई १० दिनभित्र संरचना भत्काउन दिएको निर्देशन दिएको थियो । १४ दिनपछि सडक डिभिजनले त्यस्ता सरकारी संरचनामा डोजर चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्