श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु



दार्चुला, १२ पुस । दार्चुलामा श्रीमान्को कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भगवती गाविस–७ का घुत्तीसिंह धामीकी २७ वर्षीय श्रीमती सोना धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

श्रीमान् श्रीमतीबीच झगडा भएको र सोहि क्रममा श्रीमान्को कुटाइबाट गाएराती धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

“बुबाले रक्सी सेवन गरी राति अबेर घरमा आउनुभएको थियो, उहाँ आएपछि आमासँग झगडा भयो त्यसपछि आमालाई लगातार कुटपिट गरेपछि आमाको मृत्यु भयो,”– धामीका १२ वर्षीय छोरा धिरेन्द्रसिंह धामीले बताए ।

घटनाबारे आज बिहान मात्रै थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक धामीसहित उनका श्रीमान् र चार छोराछोरी मजदुरीको सिलसिलामा दत्तु गाविस–७ महाकाली किनारमा त्रिपाल मुनि बस्दै आएको प्रहरीले जनाएको छ । अभियुक्त धामी फरार रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्