मख्खनमा लागेको आगो नियन्त्रणमाः पाँच करोड बराबरको क्षती



काठमाडौं, (नेस) ।
केही बेरअघि काठमाडौं २५ मख्खन स्थित एक कपडा पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । बिद्युत सर्ट भई मख्खन स्थित चेलीबेटी साडी तथा मेहगाँ पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले बताएको छ ।

आगलागीका कारण करिव ५ करोडको क्षेति भएको बताइएको पसलका सञ्चालक दिपक पाठकले बताउनुभयो । सो पसल चौथो तलामा रहेको थियो ।

काठमाडौं महानगरका ४ वटा र ललितपुर उपमहानगर पालीकाको एउटा दमकल प्रयोग गरि आगलागी नियन्त्रणमा आएको काठमाडौं दमकल प्रमुख किशोर भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार आफुहरु आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्