अष्ट्रेलियामा पानीमा डुबेर दुई नेपाली विद्यार्थीको मृत्यु



काठमाडौं, (नेस) ।

क्रिसमसको रमाइलो गर्ने क्रममा दुई नेपाली विद्यार्थीको ज्यान गएको छ ।  ज्यान जानेहरुमा किर्तिपुर १२ भत्क्यापाटी निवासी २९ वर्षिय सुजन अधिकारी र बौद्ध रामहीटीका २७ बर्षीय सुजन सर्मा हुन् ।

उनीहरु सोमबार बेलुका सिड्नीवाट १ सय ६० किलोमिटरको दुरीमा रहेको कंगारुभ्यालीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएका अस्ट्रेलीयास्थित नेपाली दुतावासले जनाएको छ ।

क्रिसमसको बिदा मनाउन र रमाइलो गर्न कंगारुभ्यालीमा उनीहरु सहित ४ जना नेपाली साथीहरु पुगेका थिए । अघिल्लो वर्षको क्रिसमसकै बेला दुइ नेपाली युवाको यसैगरी पानीमा डुबेर ज्यान गुमेको थियो । अस्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउने नेपालीको संख्या यसै वर्ष मात्र छ पुगेको छ ।

उनीहरुको शवलाई परिवारको चाहना अनुरुप नेपाल पठाउन आवश्यक पहल सुरु गरीने एनआरएन न्युसाउथवेल्सका संयोजक दिनेश पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्