यसपालीको दीक्षान्तमा त्रिविले जोशीलाई प्रमुख अतिथी बनाउँदै



 

ईश्वरराज ढकाल,
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपालको इतिहास बोकेका संस्कृतिविद् सत्यमोहन जोशीलाई दिक्षान्त समारोहको प्रमुख अतिथि बनाउने भएको छ । जिउँदो इतिहास बोकेका उहालाई त्रिविको दिक्षान्त समारोहमा प्रमुख अतिथि बनाउन लागिएको हो । यही पुस १४ गते इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा आयोजना हुन लागेको दिक्षान्त समारोहमा साहित्यकारको सम्मान गर्न उहालाई प्रमुख अतिथि बनाउन लागिएको त्रिविले जनाएको छ । त्रिविका उपकुलपति प्राडा तिर्थ खनियाले स्वदेशमै विभिन्न क्षेत्रका मुर्धन्य व्यक्ती भएकोले संस्कृतिविद् जोशीलाई प्रमुख अतिथि बनाइएको जानकारी दिनुभयो ।
उहाले भन्नुभयो–नेपालका इतिहास बोकेका व्यक्तीत्चलाई प्रमुख अतिथि बनाएपछि त्रिविको साख उचाइमा पुग्ने भएकोले उहालाई प्रमुख अतिथि बनाएका हौ । अघिल्लो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएको त्रिविले यो पटक संस्कृतिविद् जोशीलाई प्रमुख अतिथि बनाइएको जानकारी गराउदै उपकुलपति प्राडा खनियाले जोशीको नौ दशक लामो इतिहासलाई त्रिविले सम्मान गरेको उल्लेख गर्नुभयो । संस्कृतिविद् जोशी ९८ वर्षको हुनुहन्छ । उहाँ बैशाख ३० गते जन्मनुभएको हो । २०१३ सालमा पहिलो पटक मदन पुरस्कारबाट सम्मानित हुनुभएका जोशी अहिलेसम्म तन्नेरीनै देखिनुहुन्छ । त्रिविले यस अघि राष्ट्रकवि माधव घिमिरेलाई प्रमुख अतिथि बनाइसकेको छ ।

पर्सि बुधबार आयोजना गर्न लागिएको दिक्षान्त समारोहमा त्रिविले ८३ हजार ४ सय २५ जना दिक्षीत हुदैछन् । ती मध्ये यो वर्ष ९ हजार ७ सय ३७ जनाले आवेदन फाराम भरेका मध्ये उक्त संख्यामा सहभागि हुने भएका छन् । परीक्षा नियन्त्रक केशव वास्तोलाका अनुसार , यो वर्ष स्नातकमा ६ हजार ४ सय ९५, स्नातकोत्तर तहमा ३ हजार १ सय ३३, एम्फिलमा ३८ र पिएचडिमा ६८ जना दिक्षीत हुनेछन । व्यवस्थापन संकाय अन्तर्गत स्नातक देखि पिएचडिसम्म ३ हजार ६ सय ६३, मानविकी संकायमा २ हजार १ सय १६, इन्जिनियरिङमा १ हजार १ सय ६३, शिक्षामा १ हजार ४३, विज्ञानमा ८ सय ३३, चिकित्सासास्त्रमा ६ सय ७५, कृषीमा ८६, वनविज्ञानमा ५३ र कानून संकायमा १ सय २ जना दिक्षीत हुनेछन् ।

लाखौ रुपिया वचत गर्न भन्दै त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना गर्नेगरिएको कार्यक्रम यो वर्ष पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थान परिसरमा आयोजना गर्न लागिएको हो । त्रिविका प्रवक्ता भोला ढकालले भुकम्पको कारण क्षतिग्रस्त भएको रंगशालामा दिक्षान्त समारोह गर्न असम्भव देखिएपछि इन्जिनियरिङ अध्ययन संस्थानमा आयोजना गर्न लागिएको जानकारी दिनुभयो । यस्तै त्रिविले खर्च कटौती गर्न भन्दै होटलमा आयोजना गर्ने गरेको ‘कन्भोकेशन डिनर’ यसपालि नगर्ने भएको छ । त्रिविका कुलपति एवं प्रधानमन्त्री, उपकुलपति एवं शिक्षामन्त्री, कुलपति लगायत त्रिविका पदाधिकारी, पुर्व उपकुलपति , विभिन्न विश्वविद्यालयका उपकुलपति , डीन र केही उच्च पदाधिकारीको डिनर कार्यक्रम राष्ट्रपतिले आयोजना गर्नुहुने भएको छ । लाखौ रुपिया खर्च गरेर होटलमा डिनर गर्दा त्रिविलाई आर्थिक भार पर्ने भएकोले कम खर्चमा त्रिविको विशेष पहलमा राष्ट्रपतिले आयोजना गर्न लाग्नुभएको हो । उपकुलपति प्राडा खनियाले त्रिविले खर्च कटौती गर्न होटलमा आयोजना हुने रात्रीभोज रद्द गरेको जानकारी दिनुभयो । दिक्षान्त समारोह आयोजना भएकै राती रात्रीभोज आयोजना हुनेछ । त्रिविले गत वर्षदेखि होटलको रात्री भोज रद्द गरेको हो ।

प्रतिक्रिया दिनुहोस्