नेरिक र ग्रिनल्यान्ड फाइनलमा



काठमाडौं, (नेस)
नेरिक र ग्रिनल्यान्ड दोश्रो लालीगुराँस अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलमा नेरिकले आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ लाई १८–१३ ले पराजित गर्यो। नेरिकको जितमा समित खत्रीले ७ अंक योगदान गरे। ग्रिनल्यान्डले पिपुल्स एकेडेमीलाई २७–२४ ले हरायो। ग्रिनल्यान्डका सौगात कुँवरले १२ अंक जोडे। फाइनल शुक्रबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्