काठमाडौँ।
फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ–१६ मा अमेरिका र बेल्जियमबीच जारी खेलको पहिलो हाफ सकिँदा बेल्जियमले २–१ को अग्रता बनाएको छ।
सियाटल स्टेडियममा भइरहेको प्रतिस्पर्धामा बेल्जियमले खेलको नवौँ मिनेटमै चाल्स डे केटेलेरको गोलमार्फत अग्रता लिएको थियो।
सहआयोजक अमेरिका केहीबेरमै खेलमा फर्कँदै बराबरी गोल गर्न सफल भए पनि त्यसको लगत्तै बेल्जियमले दोस्रो गोल गर्दै फेरि अग्रता कायम गर्यो।
अब दोस्रो हाफमा अमेरिका खेलमा पुनरागमन गर्ने प्रयासमा रहनेछ भने बेल्जियम अग्रता जोगाउँदै क्वार्टरफाइनल पुग्ने लक्ष्यमा हुनेछ।











प्रतिक्रिया