एजेन्सी।
अमेजन प्राइम भिडियोमा स्ट्रिम भइरहेको सेलिब्रिटी रियालिटी शो ‘अलायन्स’ चर्चामा रहेको छ। शोमा प्रतियोगीका रूपमा सहभागी भएकी टेलिभिजन अभिनेत्री नीति टेलरले हालै प्रसारित एक एपिसोडमा आफ्नो विगतको सम्बन्धबारे भावुक खुलासा गरेकी छन्। उनले आफ्ना पूर्व प्रेमीले सिगरेटले जाँघ पोलाइदिएको र त्यसका दाग अहिले पनि शरीरमा रहेको बताएकी छन्।
शोका सह–प्रतियोगी रुही दोसांझ, मिनी माथुर र डेइजी शाहसँग कुराकानी गर्ने क्रममा नीति टेलरले आफ्नो जाँघमा रहेका दाग देखाउँदै ती पूर्व प्रेमीले बनाइदिएको बताइन्। उनको कुरा सुनेपछि मिनी माथुर अचम्मित हुँदै यस्तो व्यवहार अस्वीकार्य भएको प्रतिक्रिया दिएकी थिइन्।
जब सह–प्रतियोगीहरूले ती दाग दुर्घटनावश बनेका हुन् कि भनेर सोधे, नीतिले त्यसलाई अस्वीकार गर्दै आफ्ना पूर्व प्रेमी निकै हिंसात्मक र असामान्य स्वभावका रहेको दाबी गरिन्।नीतिका अनुसार उक्त घटना उनका पूर्व प्रेमीको जन्मदिनका दिन भएको थियो। उनले एक ठाउँमा मात्र होइन, शरीरका विभिन्न भागमा सिगरेटले पोलाएका थिए। त्यही दिन आफूलाई थप्पडसमेत हानेपछि सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको उनले बताइन्। कुराकानीका क्रममा उनले जाँघमा रहेका पाँचवटा दाग देखाउँदै ती सबै सिगरेटले पोलाउँदा बनेका निशान भएको दाबी गरिन्।
को हुन् नीति टेलर?
नीति टेलर भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री हुन्। उनले ‘कैसी ये यारियाँ’, ‘इश्कबाज’ र ‘गुलाम’ लगायतका चर्चित टेलिभिजन श्रृंखलामा अभिनय गरेकी छन्।८ नोभेम्बर १९९४ मा जन्मिएकी नीति टेलरले १५ वर्षको उमेरमै अभिनय यात्रा सुरु गरेकी थिइन्। उनले सन् २०१९ मा प्रेमी परीक्षित बावासँग इन्गेजमेन्ट गरेकी थिइन् भने सन् २०२० मा उनीहरू विवाह बन्धनमा बाँधिएका थिए। टेलिभिजनबाहेक उनले तीनवटा तेलुगु चलचित्र र विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन्।











प्रतिक्रिया