पहिलो फिल्म ह्यारी कि प्यारीबाट कमेडी कथामा जितु नेपाललाई नायकका रूपमा प्रस्तुत गरेका निर्देशक डा. कपिल रिजालले यसपटक भने बिल्कुलै फरक विषयमा फिल्म निर्माण गरेका छन्।
आगामी साउन १ गते रिलीजमा आउने फिल्म गौंथलीमार्फत उनले अटिजमजस्तो संवेदनशील विषयलाई फिल्मको विषय बनाएका छन्। फिल्मको कथा र विषयवस्तुले सुरुदेखि नै दर्शकको ध्यान आकर्षित गरेको छ। फिल्मका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का गौंगलीको पात्रकै रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन्। फिल्मको गीत सार्वजनिक कार्यक्रममा उनीहरू बेहुला–बेहुलीको वेशभूषामा पुगेका थिए। किनभने फिल्म र गीत दुवैमा उनीहरू त्यही रुपमा देखिएका छन्। त्यसपछि एक टेलिभिजन कार्यक्रममा पनि उनीहरू पात्रबाट बाहिरिएनन्। सिम्रनले १५ वर्षको उमेरमै अटिजम भएका व्यक्तिस“ग विवाह गरेको पात्रका रूपमा अभिनय गरेकी छन्। अरुणले अटिजम भएका पात्रको भूमिका निर्वाह गरेका छन्।
पेसाले दन्त चिकित्सक रहेका निर्देशक कपिल लामो समयदेखि बेलायतमा कार्यरत छन्। चिकित्सकीय पेशाबाट फिल्म निर्देशनमा आएका उनले दोस्रो निर्देशकीय फिल्ममै अटिजमजस्तो संवेदनशील सामाजिक विषय उठाउने जोखिम मोलेका छन्। यही विषय र त्यसको प्रस्तुतिले गौ“थलीप्रति दर्शकको चासो बढाइरहेको निर्माण पक्षको दाबी छ।
कपिल वरिष्ठ स्त्रीरोग विशेषज्ञ, गीतकार तथा फिल्मकर्मी डा. भोला रिजालका छोरा हुन्। कलाप्रति बाबुको लगावले आफूलाई पनि सानैदेखि प्रभावित पारेको र त्यसकै निरन्तरतास्वरूप निर्देशनमा आएको उनले बताएका छन्। गौंथलीमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायतले अभिनय गरेका छन्। बालकलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।
डा. भोला रिजालको कथामा बनेको फिल्मको लेखन कार्य निर्देशक डा. कपिल रिजाल, निश्चल कुँबर, निरज नेपाल र गिरिराज घिमिरेले गरेका छन्। फिल्ममा संगीत शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटी, पाश्र्व संगीत एलिस कार्की, कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमाली, छायांकन हरि हुमागाईं, कलर राजेन्द्र मोक्तान र सम्पादन मिलन श्रेष्ठको रहेको छ। को छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको ब्यानरमा सुमन गिरी र डा. कपिल रिजालले निर्माण गरको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माता रहेको फिल्म रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्।
डा. भोला रिजालले दुई दशकअघि यही नाममा फिल्म निर्माण गरेका थिए, जा् नेपालको पहिलो म्युजिकल फिल्म हो। ५१औ“ दिन प्रदर्शनको रेकर्ड कायम गर्न सफल सोही फिल्मको नाममा उनका छोरा डा. कपिल रिजालले नय“ पुस्ताका लागि फेरि गौंथली निर्माण गरेका हुन्।











प्रतिक्रिया