काठमाडौँ।
गृहमन्त्री सुदन गुरुङले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गर्दै प्रहरीलाई नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
शनिबार मोरङस्थित जिल्ला प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले विभिन्न शाखा, हिरासत कक्ष, स्टाफ ब्यारेकलगायतका संरचनाको अवलोकन गरेका थिए। साथै, त्यहाँ कार्यरत प्रहरी कर्मचारीसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावबारे जानकारी लिएका थिए।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले समाजमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्ने कार्यमा समन्वय, अनुशासन र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न प्रहरीलाई निर्देशन दिए।
उनले प्रहरी संगठनको हित र उद्देश्यलाई प्राथमिकतामा राख्दै आचरण तथा व्यवहारमा सुधार गरी नागरिकमैत्री सेवा प्रभावकारी रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए। साथै, आफ्नो काम, कर्तव्य, जिम्मेवारी र अधिकारको इमान्दारीपूर्वक पालना गर्न पनि प्रहरी कर्मचारीलाई आग्रह गरेका छन्।











प्रतिक्रिया