चमेलीको पोइमा फेरियो प्रेमचरोको रूप


प्रेमचरो उपनामले लोकप्रिय हास्य कलाकार नारायण त्रिपाठी डेढ दशकपछि नेपाली फिल्ममा फर्किएका छन्। उनी फिल्म चमेलीको पोइमार्फत पुनः रजतपटमा फर्किएका हुन्। त्रिपाठी अमेरिका गएपछि लामो समय फिल्म अभिनयबाट टाढा थिए।

आगामी असोज १६ गते विश्वव्यापी रिलिजमा आउने फिल्मको सार्वजनिक गरिएको दोस्रो पोस्टरमा त्रिपाठीलाई यसअघिभन्दा फरक र चकित पार्ने अवतारमा प्रस्तुत गरिएको छ। सार्वजनिक पोष्टरमा उनका मुहारभरि लात्ती–मुक्काको चोटका डाम छन् भने च्यातिएको कपडासहित उनको अवस्था पोस्टरको मुख्य आकर्षण बनेको छ। पोस्टरमा त्रिपाठीसगै फिल्मका प्रमुख कलाकार सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई, रामनारायण उपाध्याय, सुदीप कुवर र उमेश राईलाई पनि समेटिएको छ।

फिल्ममा प्रेमदेव गिरी, रवीन्द्र झा, अंशु महर्जन, खडकबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाह, रितु मल्ल ठकुरीलगायत कलाकारको पनि अभिनय रहेको छ।

निर्देशक एभरेष्ट सूर्य बोहराको कथा रहेको फिल्मको लेखन शिवम् अधिकारी,पटकथा तथा संवाद, एभरेष्ट सूर्य बोहराकैे रहेको छ। फिल्मका निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन् भने कार्यकारी निर्मातामा उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य रहेका छन्। धनकुमारी श्रेष्ठ लाइन प्रोड्युसर हुन्। सुदीप कु“वर, सुमित्रा थापा, नारायण त्रिपाठी, यमप्रसाद ओली र प्रदीपकुमार सापकोटा सहनिर्माता रहेको फिल्म मुस्ताङ, पोखरा र काठमाडौंमा छाया“कन गरिएको हो। धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।