गल्छी (धादिङ)।
धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका विकास निर्माण, सेवा प्रवाह तथा समग्र प्रशासनिक गतिविधिबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

सार्वजनिक सुनुवाइका क्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी, सामाजिक सुरक्षा, रोजगार तथा अन्य विकास कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेको थियो। सहभागी नागरिकहरूले सेवा प्रवाह, विकास आयोजना, सडक, खानेपानी, कृषि, स्वास्थ्य तथा अन्य सार्वजनिक सरोकारका विषयमा जिज्ञासा, गुनासा र सुझाव राखेका थिए।

कार्यक्रममा उठाइएका प्रश्न तथा गुनासाहरूको गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित शाखा प्रमुखहरूले जवाफ दिँदै नागरिकका सुझावलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समेटिने प्रतिबद्धता जनाएका थिए।

गाउँपालिकाले सार्वजनिक सुनुवाइले स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने, सुशासन, पारदर्शिता, जबाफदेहिता र नागरिक सहभागितालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।











प्रतिक्रिया