२१ लाख रुपैयाँको चिनिया रोबोट सडकमा भीख माग्दै, मालिकको खोजी तिब्र


काठमाडौ

चीनको सिचुआन प्रान्तमा एउटा ह्युमानोइड रोबोट सडकमा घुँडा टेकेर पैसा मागिरहेको भिडियो भाइरल बनेपछि त्यसको मालिक को हो भन्ने विषय चर्चाको केन्द्र बनेको छ। भिडियोमा रोबोटले रिचार्ज गर्न पैसा छैन, बिजुलीको शुल्क तिर्न सहयोग गरिदिनुहोस् भन्ने सन्देशसहित सर्वसाधारणसँग सहयोग मागिरहेको देखिन्छ।

ह्युमानोइड रोबोटले पैसा मागिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा रोबोटले बाटो हिँडिरहेका मानिसहरूको ध्यान आकर्षित गर्न विभिन्न हाउभाउ र इशाराहरू गरिरहेको देखिन्छ।
कोडमार्फत डिजिटल भुक्तानी स्वीकार गर्ने व्यवस्था समेत गरिएको थियो।

विशेष कुरा के छ भने उक्त रोबोटले नगद मात्र होइन, क्युआर कोडमार्फत डिजिटल भुक्तानी पनि स्वीकार गर्ने व्यवस्था गरेको छ। रोबोटको अगाडि राखिएको क्युआर कोड स्क्यान गरेर मानिसहरूले रकम पठाउन सक्ने बताइएको छ
भाइरल भिडियोमा देखिएको रोबोट चिनियाँ कम्पनी युनिट्री को जी वान मोडल भएको अनुमान गरिएको छ। यो रोबोटको मूल्य करिब १६ हजार अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँमा झण्डै २१ लाख रुपैयाँ पर्छ।

रोचक कुरा के छ भने यति महँगो रोबोटलाई सडकमा भीख माग्न लगाउने व्यक्ति वा समूहको पहिचान अझै खुलेको छैन। विभिन्न सञ्चारमाध्यमका अनुसार उक्त प्रदर्शन वास्तविक आवश्यकता, प्रचारबाजी वा कुनै सामाजिक प्रयोगमध्ये कुन उद्देश्यका लागि गरिएको हो भन्ने पनि स्पष्ट भएको छैन।

सामाजिक सञ्जालमा भने यो घटनाले व्यापक बहस सिर्जना गरेको छ। कतिपयले यसलाई प्रविधिको रमाइलो प्रदर्शन भनेका छन् भने केहीले “अब भीख माग्ने कामसमेत रोबोटले गर्ने दिन आयो” भन्दै व्यंग्य गरेका छन्।