काठमाडौं ।
अमेरिका र इरानबीच हालै सम्पन्न ‘इस्लामाबाद समझदारीपत्र’ कार्यान्वयनका लागि स्विजरल्यान्डको बुर्गेनस्टकमा आजदेखि प्राविधिक तहका वार्ता सुरु हुने भएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार वार्तामा अमेरिकी र इरानी प्रतिनिधिसँगै पाकिस्तान र कतारका मध्यस्थकर्ताहरू पनि सहभागी हुनेछन्। वार्ताले युद्धविराम, स्ट्रेट अफ होर्मुजको सञ्चालन, इरानको आणविक कार्यक्रम प्रतिबन्धसम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
अमेरिका र इरानले १०९ दिन लामो युद्ध अन्त्य गर्ने उद्देश्यले केही दिनअघि समझदारीपत्रमा डिजिटल हस्ताक्षर गरेका थिए। दुवै पक्षलाई अन्तिम शान्ति सम्झौतामा पु¥याउन ६० दिने वार्ता प्रक्रिया तय गरिएको छ।
यद्यपि क्षेत्रीय तनाव अझै पूर्ण रूपमा अन्त्य भएको छैन। लेबनानमा जारी हिंसा र सम्झौता कार्यान्वयनबारे देखिएका मतभेदले शान्ति प्रक्रियालाई चुनौती दिन सक्ने विश्लेषकहरूको भनाइ छ।
स्विस सरकारले भने अमेरिका–इरान संवादलाई निरन्तरता दिन बुर्गेनस्टकमा ‘गोप्य र भरपर्दाे वातावरण’ उपलब्ध गराइरहेको जनाएको छ।











प्रतिक्रिया