राष्ट्रिय चलचित्र पत्रकारिता दिवस २०८३ को अवसरमा चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले हेटौंडामा विशेष समारोह आयोजना गरी चलचित्र पत्रकारिता तथा कला क्षेत्रमा योगदान पु¥याएका ३ व्यक्तित्वलाई सम्मान गरेको छ।
शुक्रवार आयोजित कार्यक्रममा फिल्म पत्रकार कृष्ण भट्टराईलाई ३ दशकभन्दा अघिदेखि फिल्म पत्रकारितामा योगदान पु¥याएवापत नगद ११ हजार १ सय ११ रुपिया“सहित नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३ प्रदान गरिएको छ। यो पुरस्कार नेपाल चलचित्र संघका अध्यक्ष तथा फिल्म व्यवसायी नरेन्द्र महर्जन आप्mना पिताको स्मृतिमा स्थापना गरेका हुन्।
त्यसैगरी कलाकार विष्णुप्रसाद सापकोटालाई धनमान श्रेष्ठ स्मृति राष्ट्रिय चलचित्र कलाकर्मी सम्मान–२०८३ र मकवानपुरका पत्रकार सुबास बिडारीलाई चलचित्र पत्रकारिता पुरस्कार–२०८३ प्रदान गरिएको छ। कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको फिल्म पत्रकारिता, कला तथा फिल्म क्षेत्रको विकासमा पु¥याएको योगदानको प्रशंसा गरिएको थियो। वक्ताहरूले फिल्म पत्रकारिता र फिल्मकर्मीको भूमिकाले नेपाली फिल्म उद्योगको विकासमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरे।
शाखाका अध्यक्ष कपिल खड्काको सभाध्यक्षता तथा संघकी केन्द्रीय उपाध्यक्ष दीपज्योति थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कार लामा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरलगायत चलचित्र, पत्रकारिता तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्व सहभागी थिए।
चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले चलचित्र पत्रकारिता र कला क्षेत्रका स्रष्टाहरूको योगदानलाई सम्मान गर्नुका साथै नेपाली चलचित्र उद्योगको विकासका लागि सकारात्मक सन्देश प्रवाह गरेको सहभागी चर्चा गरे।











प्रतिक्रिया