नेपाल प्रेस इन्स्टिच्यूटको १० महिने पत्रकारिता तालिमको नतिजा सार्वजनिक


काठमाडौं।

नेपाल प्रेस इन्स्टिच्यूट (एनपीआई) ले १० महिने पत्रकारिता तालिमको ४१औं समूहको अन्तिम नतिजा सार्वजनिक गरेको छ। संस्थाले बिहीबार सूचना जारी गर्दै अन्तिम परीक्षा, अन्तरंग तालिम तथा समष्ठिगत सक्रियताका आधारमा नतिजा प्रकाशन गरिएको जनाएको हो।

२०८२ साल साउन १ गतेदेखि सुरु भएको उक्त तालिममा सहभागी प्रशिक्षार्थी पत्रकारमध्ये ६ जनाले ‘अतिउत्तम’ श्रेणी हासिल गरेका छन्। अतिउत्तम श्रेणीमा अच्युतप्रसाद नेपाल, सञ्जित लाओती लिम्बु, गणेश खनिया, कलम तामाङ, जीवन राई (जीवनजीत) तथा विदुर कटुवाल रहेका छन्।

त्यस्तै, ‘उत्तम’ श्रेणीमा ओमप्रकाश विष्ट, कुमारी दिव्य कँडेल, मिलन काफ्ले र अभिमन्यु लामिछाने रहेका छन् भने ‘राम्रो’ श्रेणीमा विपिन दाहाल, सियाराम चौधरी र शान्ताबहादुर राई उत्तीर्ण भएका छन्।

इन्स्टिच्यूटका अनुसार यस समूहमा सहभागी अन्य पाँच प्रशिक्षार्थी पत्रकारको नतिजा अन्तरंग तालिमको फाइल नबुझाएको, शुल्क नतिरेको वा अन्य विविध कारणले स्थगित गरिएको छ।

तालिम संयोजक कपिल काफ्लेले तालिममा सहभागी भई सफलता हासिल गर्ने सबै प्रशिक्षार्थी पत्रकारलाई बधाई दिनुभएको छ ।