यूईएफए च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने सूचीमा हालसम्म पनि क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी नै शीर्ष दुई स्थानमा रहेका छन् । रोनाल्डोले सर्वाधिक १४० गोल गर्दा मेसीले १२९ गोल गरेका छन् ।
हाल दुबै जना सुपरस्टार यूरोपियन लिगभन्दा बाहिर खेलिरहेका छन् । उनीहरूको रेकर्ड तोड्न अन्य खेलाडीलाई मौका छ । तर, अहिलेसम्म कोही पनि उनीहरूको समिप भने देखिँदैन ।
तेस्रो स्थानमा रहेका रोबर्ट लेवान्डोस्की पनि रिटायर्ड हुने तरखरमा रहेकाले पनि रोनाल्डो र मेसीको रेकर्ड अझै एक दशकभन्दा बढी जीवित रहने संभावना छ । हाल सक्रिय रहेका खेलाडीमा केलियन एम्बाप्पेले ७० गोल गरेका छन् ।
यी हुन् सर्वाधिक गोल गर्ने दश खेलाडीहरू
१४० क्रिस्टियानो रोनाल्डो (हाल साउदी लिगमा खेलिरहेको)
–रियल मेड्रिडका लागि १०५ गोल गरेको
–म्यानचेस्टर यूनाइटेडका लागि २१ गोल र युभेन्टसका लागि १४ गोल गरेको
१२९ लियोनल मेसी (हाल अमेरिकी लिगमा खेलिरहेको)
–बार्सिलोनाका लागि १२० गोल गरेको
–पेरिस सेन्ट जर्मेनका लागि ९ गोल गरेको
१०९ रोबर्ट लेवान्डोस्की (हाल बार्सिलोनाबाट खेलिरहेको)
–बायर्न म्युनिखका लागि ६९ गोल गरेको
–बोरुसिया डर्टमन्डका लागि १७ गोल र बार्सिलोनाका लागि २३ गोल गरेको
९० करिम बेन्जेमा (हाल साउदी लिगमा खेलिरहेको)
–रियल मेड्रिडका लागि ७८ गोल गरेको
–लियोनका लागि १२ गोल गरेको
७१ राउल गोन्जालेज (रिटायर्ड)
–रियल मेड्रिडका लागि ६६ गोल गरेको
–शाल्केका लागि ५ गोल गरेको
७० केलियन एम्बाप्पे (हाल रियल मेड्रिडबाट खेलिरहेको)
–पेरिस सेन्ट जर्मेनका लागि ४२ गोल गरेको
–रियल मेड्रिडका लागि २२ गोल र मोनाकाका लागि ६ गोल गरेको
५७ अर्लिङ हालान्ड (हाल म्यानचेस्टर सिटीबाट खेलिरहेको)
–म्यानचेस्टर सिटीका लागि ३४ गोल गरेको
–साल्जबर्गका लागि ८ गोल र बोरुसिया डर्टमन्डका लागि १५ गोल गरेको
५७ थोमास मुल्लर (रिटायर्ड)
–सबै गोल बायर्न म्युनिखका लागि गरेको
५६ रुड भान निस्टेलरुए (रिटायर्ड)
–म्यानचेस्टर यूनाइटेडका लागि ३५ गोल गरेको
–पीएसभी एन्डहोभनका लागि ८ गोल र रियल मेड्रिडका लागि १३ गोल गरेको
५४ हेरी केन (हाल बायर्न म्युनिखबाट खेलिरहेको)
–बायर्न म्युनिखका लागि ३३ गोल गरेको
–टोटनहामका लागि २१ गोल गरेको











प्रतिक्रिया