काठमाडौँ।
चिकित्सा शिक्षाविद् प्रा.डा. जगदिशप्रसाद अग्रवाल प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अग्रवाललाई स्वास्थ्य सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। अग्रवाल त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वडीन हुन्।
डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिने प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले बताइन्।
डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा प्रदान गर्ने जनाइएको छ।











प्रतिक्रिया