हन्ताभाइरस अहिले देखा परेको स्वास्थ्य समस्या

0
Shares

गत अप्रिल १ मा अर्जेन्टिनाबाट प्रस्थान गरेको नेदरल्यान्ड्सको ओसनवाइड एक्स्पेडिसन्न कम्पनीद्वारा सञ्चालित एमभी होन्डियस नामक क्रुज जहाजमा एउटा स्वास्थ्य समस्या देखिएको थियो ।

अन्टार्कटिका, साउथ जर्जिया र ट्रिस्टन दा कुन्हा जस्ता दुर्गम टापुहरूको भ्रमण रहेको यस जहाजमा हान्ता भाइरसको संक्रमण पुष्टि भएको थियो ।
यस स्वास्थ्य सङ्कटले विश्वको ध्यान खिचेको छ । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदनअनुसार जहाजमा सवार कुल १४७ यात्रु र चालक दलका सदस्यमध्ये सात जनामा हन्ता भाइरसको सङ्क्रमण पुष्टि वा आशङ्का गरियो ।

सङ्क्रमितमध्ये तीन जनाको मृत्यु भइसकेको छ भने एक जना अझै गम्भीर अवस्थामा उपचारमा छन् । अन्य तीन जनामा भने सामान्य लक्षणहरू देखिएका छन् ।
मृत्यु हुनेहरूमा एक जना जर्मन नागरिक र नेदरल्यान्ड्सका एक दम्पती रहेका छन् । प्राप्त विवरणअनुसार, डच दम्पतीमध्ये श्रीमान्को अप्रिल ११ मा जहाजमै निधन भएको थियो भने श्रीमतीको अप्रिल २६ मा दक्षिण अफ्रिकाको एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

के हो हान्ता भाइरस ?

हन्ता भाइरस ‘बुनियाभिरिडी’ परिवारअन्तर्गत पर्ने भाइरसहरूको एउटा समूह हो । यसको नामकरण दक्षिण कोरियाको ‘हन्तान’ नदीको नामबाट गरिएको हो, जहाँ सन् १९७८ मा पहिलोपटक यो भाइरस भेटिएको थियो ।

हन्ताभाइरस मानिसबाट मानिसमा पुग्ने मामिला धेरै कम पाइएको छ । यो सडेगलेको मुसाको पिसाब, ¥यालको सम्पर्क भएमा मानिसमा सर्ने भाइरस हो ।
दुई किसिमको हुन्छन्।
हन्ताभाइरस मुख्य रूपमा दुई किसिमको सिन्ड्रोम हुन्छन् । जुन हन्ता भाइरस पल्मोनरी सिन्ड्रोम (एचपीएस) र हेमोरेजिक फिभर विद रेनल सिन्ड्रोम (एचएफआरएस) हुन् । यी दुइको शरीरमा अलग–अलग किसिमको लक्षण देखा पर्दछ ।

एचपीएस

एचपीएसको लक्षण भाइरसको सम्पर्क आएको दुई चार साताको बीचमा मात्रै देखा पर्दछ । कुनै कुनै मामिलामा भने एक सातामै वा आठ सातापछि लक्षण देखिन्छ ।

यो हन्ता भाइरस गम्भीर र जानलेवा हो । फोक्सोलाई मुख्य रूपमा असर गर्दछ । प्रभावित व्यक्तिमा खोकी लागिरहने र श्वास फेर्न समस्या हुने गर्दछ । फोक्सोमा पानी भर्ने हुँदा यसले ज्यान लिने जोखिम बढने गर्दछ ।

यसको लक्षणः

यो भाइरसको चपेटामा आएका व्यक्तिलाई थकान, मांसपेशीमा दुखाई हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, चिसो महसुस हुने, वान्ता हुने, झाडापखाला लाग्ने आदि समस्या देखिन्छ ।

एचएफआरएस

यो संक्रमणले मानिसको किड्नीमा प्रभावित गर्दछ ।

यसको लक्षण

यो भाइरसको चपेटामा आएका व्यक्तिलाई ज्यादै टाउको दुख्नु, शरीरको पछाडि र पेटमा दुखाई हुने, ज्वरो आउने वा चिसो लाग्ने, आँखाले राम्ररी नदेख्ने, ब्लडप्रेसर लो हुने, शरीरभित्र नै रगत बग्ने, किड्नी फेल हुने आदि हुने गर्दछ ।

सर्छ कसरी?

सामान्यतया हान्ता भाइरस एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । मुसाको मल वा मुत्र वा ¥यालको सम्पर्कबाट यो मानिसमा सर्न सक्दछ । मुसाले टोक्दा, भाइरसयुक्त खाना खाँदा वा फोहोरमा छोएर सोही हातले आँखा, नाक वा मुख छुँदा पनि यो भाइरस मानिसको शरीरभित्र प्रवेश गर्न सक्दछ ।

उपचार र बच्ने

-यसको कुनै उपचार वा बच्ने उपाय छैन । यही दुःखको कुरा हो । हन्त भाइरसविरुद्ध अहिलेसम्म कुनै पनि निश्चित औषधी वा विशेष खोप विकास भएको छैन ।

-यसकारण सङ्क्रमित व्यक्तिलाई बचाउनका लागि अस्पतालमा गरिने सहयोगी उपचार नै एक मात्र विकल्पका रूपमा रहेको छ ।

-यो भाइरस मुसाजन्य जीवहरूबाट सर्ने भएकाले यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको मुसाहरूसँगको सम्पर्कबाट टाढा रहनु नै हो ।

-मुसाको मलमूत्र कतै छ भने भुइँमा बढार्नुको साटो कीट नाशक झोल वा ब्लिचको प्रयोग गरी मात्रै सफा गर्नु पर्दछ ।

-यस्तो सरसफाइका क्रममा मास्क र पञ्जा प्रयोग गर्न भने बिर्सनु हुन्न । सबैलाई यसबारे जनचेतना जगाउन पनि आवश्यक रहेको छ ।

-खानेकुराहरूलाई सधैँ मुसाको पहुँचभन्दा बाहिर सुरक्षित भाँडामा राख्नुपर्दछ । आफ्नो वरपरको सरसफाइमा थप ध्यान दिनु जरुरी छ ।