महाराजधिराजमा पुष्प


धेरैअघि निर्माण घोषणा गरिएको फिल्म महाराजधिराजमा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन्।

नयाँ वर्षको अवसर पारेर निर्माण टिमले उनलाई अनुबन्धित गर्दै विशेष पोस्टर सार्वजनिक गरेको छ। यसस“गै लामो समयदेखिको राजाको भूमिकामा को हो भन्ने कौतुहलताको अन्त्य भएको छ। सार्वजनिक पोस्टरमा पुष्पलाई दुई फरक र शक्तिशाली अवतारमा प्रस्तुत गरिएको छ।

एकतर्फ उनी पूर्ण राजकीय ठाँटमा—शिरमा श्रीपेच, हातमा राजदण्ड र राजसी पहिरनमा देखिन्छन्, जसले उनको राजाको भूमिकालाई स्पष्ट संकेत गर्छ। अर्कोतर्फ उनी अत्यन्तै कमजोर, नग्न र जीवन संघर्षको प्रतीकजस्तो देखिने अवस्थामा छन्। एउटा कुर्सीमा बसेको कमजोर पात्र र पछाडि उभिएको राजसी रूपबीचको द्वन्द्वले कथावस्तु गहिरो, प्रतीकात्मक र मनोवैज्ञानिक तहसम्म पुग्ने संकेत दिन्छ।

पोस्टरसँगै सार्वजनिक सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस् भन्ने स्लोगनले फिल्मको भावनात्मक र नैतिक धरातल झल्काएको छ। पुष्पले यो फिल्मलाई करिअरकै ठूलो अवसर र चुनौती भनेका छन्।

उनले फिल्म साइन गर्दा परम्परागत हस्ताक्षरको सट्टा औँला काटेर रगतको औँठाछाप लगाएको प्रसंगले चर्चा बटुलेको छ। साथै, निर्माण अवधिभर कुनै पनि अन्य फिल्म, म्युजिक भिडियो वा सामाजिक सञ्जालका दृश्य सामग्रीमा संलग्न नहुने घोषणा उनले गरेका छन्।

फिल्ममा पुष्पसँगै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउ“बाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कलाकारले अभिनय गर्नेछन्। फिल्मको महारानीको रूपमा हालै अभिनेत्री केकी अधिकारी भित्रिएकी छन्। करिब ८० कलाकार हुने फिल्मलाई निर्देशक परिच्छेद सेनले ड्रिम प्रोजेक्टका रूपमा लिएका छन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रा.लिको ब्यानरमा विराज विष्टको प्रस्तुति तथा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्माणमा निर्माणाधीन फिल्ममा लेखन र निर्देशक स्वयंको रहेको छ। उनले यसअघि प्रेमगञ्ज नामक फिल्म निर्देशन गरेका थिए।

वैशाखको दोस्रो सातापछि छायाँकन सुरु गर्ने तयारीमा रहेको फिल्मको सुरुवात सुनसरीको श्रीलंका टापुबाट हुनेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक स्थानहरूमा छायांकन गरिनेछ। फिल्म आगामी बडादशैंको फूलपातीको अवसर पारेर देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

पारेर देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।