बलिउडका मिस्टर पर्फेक्टनिस्ट अर्थात् अमिर खान ६१ वर्ष पुगिसके। तर उनको क्रेज भने अभैm पनि उस्तै छ।
सन् १९५६ मा मुम्बईमा जन्मिएका अमिर बाल्यकालमै फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। उनले सन् १९७३ मा यादो“की बारात नामक फिल्मबाट बलिउडमा डेब्यु पाएका थिए। सन् १९८४ मा फिल्म होलीबाट अभिनयमा डेब्यु गरेका उनले सुरुवाती चरणमा सफलता प्राप्त गर्न सकेनन्।
तर फिल्म कयामत से कयामत तकले भने उनको भाग्यको ढोको खोलिदियो। त्यसपछि अन्दाज अपना अपना, राजा हिन्दुस्तानी, लगान, तारे जमिन पर, द गाल, गजनीजस्ता सुपर र डुपर हिट
फिल्म दिएका छन्। उनीबारे रोचक जानकारी ः
-अधिकाशं सेलिब्रेटी चर्चित अवार्ड पाउन मरिहत्ते गर्छन् तर अमिरलाई अवार्ड बटुल्नु बेकार जस्तो लाग्छ। उनी ओस्कार अवार्ड भने जित्न चाहन्छन्। जसको नजिक उनी केही पटक पुगिसकेका पनि छन्।
-अमिर काम गरिरहेको समयमा घडी हेर्र्दैनन्। जबसम्म काम सकि“दैन, उनी काममा मात्र ध्यान दिन्छन्।
-बलिउडमा अमिरलाई मिस्टर पर्फेक्टनिस्ट खान भनिए पनि उनी वास्तवमा भने निकै भुलक्कड र अव्यस्थित छन्।
– अमिर सुटमा ठा“टिनुभन्दा लुंगीमा निकै सजिलो महसुस् गर्छन्। उनको मनपर्ने पोसाक कुर्था पाइजामा, जिन्स र टिसर्ट पनि हो।
– उनले सन् १९९६ मा फिल्म राजा हिन्दुस्तानीमा जड्याहाको भूमिका निर्वाह गरेका थिए। जिन्दगीमा कहिल्यै मदिरा मुखमा नहालेका उनले पर्दामा आफ्नो भूमिका वास्तविक देखियोस् भन्नका लागि मदिरा सेवन गरेर अभिनय गरेका थिए।











प्रतिक्रिया