अभिनेत्री मिथिला शर्माको प्रभावशाली उपस्थितिसगै नेपाली फिल्म गुरुआमाको ट्रेलर यतिबेला चर्चामा छ।

हालै सार्वजनिक गरिएको ट्रेलरमा उनको सशक्त अभिनय झल्कि“दा फिल्मप्रति दर्शकको चासो थप बढेको छ। सशक्त अभिनेत्री तथा कुशल नृत्य कलाकारका रूपमा ख्यातिप्रप्त अभिनेत्री शर्माले यस फिल्ममा निर्वाह गरेको पात्रले कथा बोक्ने मुख्य आधारमध्ये एक हुने संकेत ट्रेलरले दिएको छ।
ट्रेलरमा शिक्षासग जोडिएको भावनात्मक पाटो, समाजका यथार्थ र जीवनका अनुभवलाई प्रस्तुत गरिएको छ, जसमा अभिनेत्री मिथिला शर्मालाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ।
निर्माता तथा निर्देशक प्रेम सोनी सुनारद्वारा निर्देशित २ मिनेट २६ सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको हो।
सुनारले ट्रेलरमार्फत फिल्मको कथाको सानो झल्को मात्र प्रस्तुत गरिएको जनाएका छन्। अभिनेत्री शर्माले फिल्मले शिक्षा र शिक्षकशिक्षिकाको महत्व दर्शाउने बताइन्। विशेषगरी शिक्षक शिक्षिकाको भूमिका, शिक्षक–विद्यार्थीको सम्बन्ध, त्याग, संघर्ष र सम्मानका विषयलाई फिल्मले समेटेको छ।
निर्माण पक्षका अनुसार नेपाली समाजमा शिक्षकले खेल्ने महत्वपूर्ण भूमिकालाई कलात्मक ढंगले पर्दामा उतार्ने प्रयास गरिएको छ। गुरुआमा मनोरञ्जनका लागि मात्र नभई सामाजिक सन्देश बोकेको फिल्म बनेको छ।
प्रेम सोनी सुनारकै कथा रहेको फिल्म सोनी फिल्म्स प्रालिको ब्यानरमा निर्मित आगामी शुक्रवार रिलिजमा आउदैछ।
मिथिला शर्मासगै बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल, ध्रुव कोइराला, टिका सुनार, गौरी मल्ल, पूजा शर्मा, उत्तम केसी, रश्मिका हमाल, बालचन्द्र बराल, गिरीप्रसाद पुन, उषा कार्की, पदम थापा, केपी बगाडिया, टंक मरासिनी, जास्मिन मगर, सविक्षा शर्मा, आदर्श घताराज, अर्जुन घिमिरे, सफल पौडेल, विश्वास नेपाल, कमला परियार, उदय आत्रित, सुमन विश्वकर्मालगायत कलाकारले अभिनय गरेको फिल्मप्रति शिक्षामूलक विषयवस्तु र अनुभवी कलाकारको उपस्थितिका कारण सकारात्मक अपेक्षा देखिएको छ।











प्रतिक्रिया