उमेरले ७ र करियरले ६ दशक पार गरिसकेकी ख्यातिप्रँप्त गायिका मिरा राणाले आफ्नो लामो सांगीतिक यात्रा र व्यक्तिगत स्वास्थ्य संघर्षलाई अब सामाजिक अभियानमा रूपान्तरण गरेकी छन्।
क्यान्सरविरुद्धको सामूहिक लडाइँलाई केन्द्रमा राख्दै उनले आप्mनै अध्यक्षतामा मिरा राणा क्यान्सर समाज स्थापना गरेकी हुन्।
सेवा, सहयोग र सद्भाव ः क्यान्सरविरुद्ध हामी सबै एकसाथ भन्ने नारासहित सुरु गरिएको यो संस्थाले क्यान्सर प्रभावितलाई मनोबल, सहयोग र आवश्यक सहारा प्रदान गर्ने लक्ष्य राखेको छ। यसका लागि गायिका तथा संगीतकार राणाले विभिन्न अस्पतालका क्यान्सर विशेषज्ञहरूलाई सल्लाहकारका रुपमा संस्थामा आवद्ध गरेकी छन्।
मिरा राणाले आफ्नो उपचार अनुभवलाई स्मरण गर्दै अस्पतालमा डाक्टर र परिवारको सकारात्मक व्यवहारले रोगस“ग लड्न ठूलो ऊर्जा दिने बताइन्। उनले बेलायतमा भएको उपचार अनुभव साझा गर्दै चिकित्सकहरूको व्यवहारले आधा रोग नै कम भएको अनुभूति भएको सुनाइन्।
नेपालमा भने धेरै बिरामीले अझै पनि सहज वातावरण नपाइरहेको भन्दै उनले अस्पतालमा चिकित्सकले मुस्कानसहित तपाईंको लागि म छु भन्ने आत्मविश्वास मात्र दिन सके पनि बिरामीको मनोबल धेरै बढ्ने धारणा राखिन्। ‘बिरामी कुरिरहेका ठाउ“मा बाहिर निस्केर बिरामीलाई हौसला दिनुस्, त्यसले आधा रोग घट्छ’ भन्दै उनले चिकित्सकहरूलाई भावनात्मक अपिल समेत गरिन्।
कार्यक्रममा सहभागी चिकित्सक, कलाकार र सल्लाहकारहरूले मिराको यो पहललाई महत्वपूर्ण सामाजिक अभियानका रूपमा व्याख्या गरे।
संस्थाबारे जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा प्रमूख अतिथी भक्तपुर क्यान्सर अस्पतालका निर्देशक रोशन प्रजापतिले मिराको ऊर्जा र दृष्टिकोणले क्यान्सर प्रभावितहरूमा क्यान्सर उपचार सम्भव छ भन्ने नयाँ विश्वास जगाउने बताए।
समाजकी सचिव हेमा मानन्धरले क्यान्सरलाई अन्त्य होइन, जीवनको नयाँ सुरुवातका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै परिवारको माया र सकारात्मक व्यवहारले उपचारमा ठूलो भूमिका खेल्ने बताइन्। त्यस्तै गीतकार आनन्द अधिकारीले अभियानलाई महायज्ञको सुरुवात भन्दै सबैको साथ आवश्यक रहेको जनाए।
संस्थाका सल्लाहकार तथा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले आप्mनो अस्पतालले अमेरिकाको एक संस्थाको सहयोगमा क्यान्सरका बिरामीलाई निःशुल्करुपमा औषधि उपलब्ध गराइरहेको जानकारी गराए, कलाकार मदनदास श्रेष्ठले आप्mनो छोरीलाई पनि क्यान्सर भएको र उनले क्यान्सर जितेको व्यक्तिगत अनुभव सुनाउँदै क्यान्सरलाई जित्न सकिने रोग भएको धारणा राखे। अधिवक्ता लक्ष्मण मर्हजनले भने यस्ता संस्था दीर्घकालीन रूपमा टिकाउन कानुनी र व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने सुझाव दिए।
संस्थाका सल्लाहकारहरू तीलगंगा आँखा प्रतिष्ठानकी डा. पूर्णिमा राजकर्णिकार, भक्तपुर क्यान्सर अस्पतालकी डा. सृष्टि श्रेष्ठ प्रजापति, अभिनेता मदनदास श्रेष्ठ, पत्रकार विदुर गिरीलगायतले पनि मिराको पहललाई प्रेरणादायी भन्दै सहकार्यको प्रतिबद्धता जनाए। उनीहरूले क्यान्सर उपचारमा औषधि मात्र नभई मनोबल र सामाजिक समर्थन पनि उत्तिकै महत्वपूर्ण हुने बताए।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सिद्धार्थ राणा, कोषाध्यक्ष सुरक्षा सिजापति, सचिव हेमा मानन्धर, सहसचिव नविना शाक्यलगायतको कार्यसमिति घोषणा गरिएको छ।
गायिका राणाले यो अभियानलाई केवल संस्था नभई संवेदनशील सामाजिक आन्दोलनका रूपमा अघि बढाउने बताएकी छन्। क्यान्सर प्रभावित र उनीहरूका परिवारलाई साथ, हौसला र सहयोग दिने लक्ष्यसहित सुरु भएको यो पहल अब संगीतभन्दा बाहिर सामाजिक सेवाको नया“ अध्याय बनेको छ।











प्रतिक्रिया