काठमाडौं।
काठमाडौं सामाखुसीकी सानु थापाले सौन्दर्यकर्मीहरूको सौन्दर्य प्रतियोगिता ब्युटिसियन नेपाल-२०२६ को ताज पहिरिन सफल भएकी छन्। आइतबार राजधानीको ज्यापु एकेडेमीमा सन्पन्न प्रतियोगीतामा दर्जनबढी प्रतियोगीलाई पछि पार्दै थापाले ताज पहिरिएकी हुन्। ताजसँगै उनले नेफा अवार्ड २०२६ लण्डनकाे लागि इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन्।
हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रमको फस्ट रनरअप अन्जली गोले र सेकेण्ड रनरअप सरिता श्रेष्ठ बन्न सफल भए।
ब्युटिसियन नेपाल कार्यक्रमको उक्त बाह्रौं संस्करणमा पेशागत सीपका साथै ब्युटिसियनहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। सौन्दर्य कर्म अरुको शृङ्गारमा मात्र सीमित हुनु हुँदैन,आफू पनि भित्री र बाहिरी सुन्दरतालाई निखारता ल्याउँदै मञ्चमार्फत प्रस्तुत हुनुपर्छ भन्ने उद्देश्य बोकेको सो कार्यक्रमको फाइनलमा त्यस्तै झलक पाइन्थ्यो। सुरुमा ब्राइडल थिममा र विविध दुलहीको भेषमा स्टेजमा निस्किएका ब्युटिसियनहरु परिचयात्मक चरणपछि ब्युटिसियन नेपालको थिम सङमा अब्बल सावित गर्दै स्टेजमा आफूलाई उतारेका थिए।

निकै राम्रो प्रस्तुतीकरण गरेका ब्युटिसियनहरुलाई यहाँसम्म ल्याउन सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाले जिम्मेवारी सम्हालेकी थिइन्। सुब्बा कै नृत्य निर्देशनमा प्रतियोगीहरुले आकर्षक नृत्य गरेका थिए भने करिव तीन सातासम्म कोरियोग्राफर सुब्बाले ब्युटिसियनहरुलाई ब्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुतीकरण, बौद्धिक क्षमता विकासमा तालिम दिएकी थिइन् भने कार्यक्रमको बीचमा कोरियोग्राफर सुब्बा आफैं स्टेजमा उत्रिएकी थिइन्। कार्यक्रमका प्रतियाेगीहरूकाे सम्पूर्ण नृत्य प्रस्तुत तथा काेरियाेग्राफी हिमानी सुब्बाले गरेकी थिइन्।
विविध प्रतियोगीताहरुसमेत तालिमको अवधिमा गरिएको सो कार्यक्रममा स्टेजमै वेस्ट ब्राइडल छानिएको थियो। जसको विजेता रञ्जना राणा हुन सफल भइन्।
त्यस्तै गरी वेस्ट मोडल मेकअप विजेता विभु श्रेष्ठ, वेस्ट नेल आर्ट सम्झना ढकाल, वेस्ट जुरो शोभा श्रेष्ठले जित्न सफल भए।
कार्यक्रमको सवटाइटल विजेताहरुमा मोस्टइन्टिलिजेन्ट सानु थापा, मोस्ट कन्फिडेन्ट अन्जली गोले, मोस्ट चार्मिङ रोजी भ्लोन, वेस्ट पर्सनालिटी रञ्जना राना, मोस्ट स्मार्ट सरिता श्रेष्ठ, मोस्ट डेडिकेटेड ज्ञानु गुरुङ, मोस्ट डिलीजेन्ट जुना थापा मगर एवं मोस्ट ग्रेसफुल निर्मला रम्तेल तथा मोस्ट प्यासोनेट हिरा थापा हुन सफल भएका थिए। साथै पब्लिक भिडियो च्वाइसमा अन्जली गोले, वेस्ट मल्टिमिडिया शोभा श्रेष्ठ र मोस्ट पपुलर अन्जली गोले बन्न सफल भए। प्रस्तुतीकरण सँगै टप १० तथा टप ६ हुँदै क्राउनिङको पलसम्म प्रश्नोत्तर चरण पार गर्दै प्रतियोगीहरु पुगेका थिए। समग्रमा हेर्दा सौन्दर्यकर्मीहरूको जीवन झैं चित्रित सो कार्यक्रमको निर्णायक मण्डलमा नायिका तथा मोडल शुष्मा अधिकारी, मिसेस हिमालयन नेपाल–२०२४ एवं सौन्दर्यकर्मी कविता बिशुंखे,डरम्याटोलोजिस्ट डा. मुना विस्ट, मोडल अभिषेक खड्का, मोडल तथा अभिनेता दिक्पाल कार्की रहेका थिए। वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रम सौन्दर्य क्षेत्रलाई आत्मसाथ गरी आफैं सदैव अब्बल रुपमा प्रस्तुत हुने मञ्चको रुपमा रहेको देखिएको थियो।











प्रतिक्रिया