सिकार खेल्दा सिकारी नै घाइते

दुई नाल भरूवा बन्दुकसहित नौ जना प्रहरीको  नियन्त्रणमा


नवलपरासी 

जिल्लाकाे विनयी क्षेत्रमा सिकार खेल्दै गरेका १ सिकारी बन्दुककाे छर्रा लागेर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार घाइते हुनेमा पाल्पा निस्दी ७ घर भई विनयी ३ कटुसघारी बस्ने वर्ष २८ काे खिम बहादुर राक्से मगर रहेका छन् ।

आइतबार बेलुका पख सिलाैटे स्थित सूर्य विनायक सामुदायिक वनमा सिकार खेल्ने क्रममा पेटकाे बायाँ तर्फ २ वटा प्वाल परि घाइते भएका मगरलाई उपचारका लागि सेन्ट्रल अस्पताल भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले साे क्षेत्रबाट २ नाल भरूवा बन्दुक बरामद गरी अन्य ९ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएकाे बताएकाे छ ।

घटना पछि प्रहरीले विनयी त्रिवेणी ३ सिद्रेका २८ वर्षीय दिल बहादुर सारू मगर, ४५  बर्षका दान बहादुर बयम्बु, ४२ वर्षीय  दिल बहादुर बयम्बु, साेही वडा कटुसघारीका २१ वर्षीय अविनाश चाैधरी, १७ वर्षका गणेश सारू मगर खयरघारीका ४३ वर्षीय धन बहादुर सुनारलाई नियन्त्रणमा लिएको हाे ।

यसै गरी पाल्पा निस्दी ७ का ३३ वर्षका कृष्णबहादुर राक्से, २० वर्षका तारा बहादुर आले र विनयी त्रिवेणी ४ का ५६ वर्षीय बल बहादुर राना मगरलाई नियन्त्रणमा लिईएकाे सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले बताए ।