सामाजिक विकास क्षेत्र संग सम्वन्धित खाेजमुलक पत्रकारिता का लागि पत्रकार महिला लाई २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

1.03k
Shares

काभ्रे ।

काभ्रेपलान्चोक जिल्ला काे सदरमुकाम धुलिखेलमा बैसाख ११ र १२ गते सम्म खाेजमुलक पत्रकार महिला हरूलाई २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय काे आयाेजनामा नेपाल पत्रकार महासंघ वागमती प्रदेश समिति काे संयाेजनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाकाे सहजिकरणमा १३ जिल्ला का २० महिला पत्रकार हरूकाे उपस्थिति मा भएकाे हाे । दुई दिने तालिममा पत्रकारिता मा आचार सहिता बारेमा नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष नितु पण्डित ले प्रस्टाउन भयाे ।

गाेरखापत्र दैनिक का सह सम्पादक अजय शर्मा ले पत्रकारितामा एआइकाे कति प्रभावकारी हुन्छ र कसरी प्रयाेग गर्ने भन्ने विषयमा प्रस्टाउनु भयाे । यस्तै सन्चारिका समूह वागमती प्रदेश काे अध्यक्ष सरिता दाहालले लैङगि समानता का विषय र महिला पत्रकार का विषयमा आफ्नाे प्रस्तुतिकरण गर्नुभएकाे थियाे भने कार्यक्रम काे सुरूवातमा प्रदेश सचिव सुविराम अधिकारी ले समेत मन्त्रालय का काम कुराहरू प्रस्तुत गर्नु भएकाे थियाे