सार्वजनिक जग्गा संरक्षणमा मानवीय दृष्टिकोण अपनाइने : सुनिता डंगोल


काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण तथा अनधिकृत संरचना हटाउने अभियानलाई मानवीय मूल्य र मर्यादालाई प्राथमिकतामा राखेर अघि बढाइने स्पष्ट पारेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको निर्णय र जिल्ला प्रशासनको अनुरोधअनुसार महानगरले सहयोगी भूमिकामा काम गरिरहेको बताइन्। उनका अनुसार संरचना हटाउने क्रममा ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राखिनेछ।

डंगोलले प्रक्रिया सकेसम्म सुरक्षित, विवादरहित र न्यायपूर्ण बनाइने उल्लेख गर्दै सार्वजनिक तथा सामुदायिक जग्गा संरक्षणका काम कानुनअनुसार अघि बढाइने जानकारी दिएकी छन्। साथै, अभियान सफल बनाउन सबै पक्षसँग सहकार्य र सहयोगको अपिल पनि गरेकी छन्।