काठमाडौँ ।
काठमाडौँको तिनकुने गैरिगाउँस्थित बागमती नदी किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरूले शनिबार बिहानैदेखि आफ्नो घरटहरा खाली गर्न थालेका छन्। स्थानीय बासिन्दाहरूले आफ्ना सरसामान निकाल्दै बस्ती छोडिरहेका छन्।
सरकारले उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित तथा अतिक्रमित बस्तीहरू हटाउने अभियान अन्तर्गत शनिबार र आइतबार गरी दुई दिनभित्र बस्ती खाली गराउने तयारी गरेको छ। यसैअनुसार तिनकुने क्षेत्रबाट पनि हटाउने प्रक्रिया अघि बढाइएको हो।











प्रतिक्रिया