काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमका रिक्त चार सञ्चालक सदस्य पदपूर्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त आह्वान गरेको छ। नेपाल वायुसेवा निगम ऐन, २०१९ अनुसार हाल रिक्त तीन पद र आगामी ६ महिनाभित्र रिक्त हुने एक पदसहित कुल चार जना नियुक्त गरिनेछ।
मन्त्रालयका अनुसार वाणिज्य, अर्थ, लेखाशास्त्र तथा उड्डयन वा पर्यटन प्रवर्द्धन क्षेत्रमा अनुभव भएका योग्य व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सिंहदरबारस्थित मन्त्रालयमा आवेदन दर्ता गराउनुपर्नेछ।












प्रतिक्रिया