काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा डा. शेखर कोइराला ले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
सन्देशमा उनले बितेको वर्षले नेपालको राजनीतिमा नयाँ मोड ल्याएको उल्लेख गर्दै युवापुस्ताको सक्रियता, चेतना र सहभागिताले राजनीतिलाई नयाँ दिशातर्फ अघि बढाएको बताएका छन्। उनले अब युवाहरूको आवाज केवल विरोधमा सीमित नभई नेतृत्व र जिम्मेवारीतर्फ उन्मुख भएको बताए।
कोइरालाले सरकारप्रति जनताको अपेक्षा बढ्दै गएको उल्लेख गर्दै परिणाममुखी, पारदर्शी र जवाफदेही शासन आवश्यक रहेकोमा जोड दिएका छन्। उनले सुशासन र विकासबीच सन्तुलन कायम गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउनु सरकारको प्रमुख दायित्व भएको बताएका छन्।
त्यसैगरी, उनले नेपाली कांग्रेसलाई बदलिँदो समयअनुसार रूपान्तरण गर्दै नयाँ पुस्तालाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। एकता, सहकार्य र राष्ट्रिय मेलमिलापमार्फत मात्र जनविश्वास बलियो बनाउन सकिने उनको भनाइ छ।
अन्त्यमा उनले नयाँ वर्षले सबै नेपालीका सपना, आकांक्षा र लक्ष्य पूरा गर्ने अवसर ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दै “जय नेपाल” भनेका छन्।












प्रतिक्रिया