काठमाडौँ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘सप्राइज चेकिङ’ अभियानमा एकैदिन १०१ जना सवारी चालक कारबाहीमा परेका छन्।
उपत्यकाका विभिन्न स्थानमा गरिएको उक्त अभियानका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो।
ट्राफिक प्रहरीका अनुसार मापसे गरेर सवारी चलाउने ५ जना, रातो बत्ती उल्लङ्घन गर्ने २ जना तथा लेन अनुशासन पालना नगर्ने र अन्य नियम तोड्ने ९४ जना चालकलाई कारबाही गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत मात्र नभई अत्यन्त जोखिमपूर्ण कार्य भएको बताए। उनका अनुसार यसले चालक, यात्रु र सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्ने भएकाले सचेत रहन आवश्यक छ।
उनले शंका लागेमा यात्रुलाई नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल रूम (१०३) तथा प्रहरी हटलाइन (१००) मा तुरुन्त जानकारी दिन पनि आग्रह गरेका छन्।











प्रतिक्रिया